फुर्वा मोक्तान तामाङको वनको बाटो उकाली ओराली सार्वजनिक(भिडियो सहित हेर्नुहोस्)

Friday, 20 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
पासाङ तामाङ्,,
रोजगारका सिलशिलामा मलेसियामा संघर्षरत फुर्बा मोक्तान तामाङको मनले त्यहाँ पैसासंग मात्र परेड खेलेन आफ्नो मातृभूमिका सम्झना सँग पनि परेड खेलिरह्यो, आफ्नो जन्मघर,साथी संगी अनि आफने आप्पा र आमाको सम्झनासंग सदैव परेड खेली रकेहा छन्।
फुर्वाले विदेशी भूमिमा आफ्नो अमुल्य पसिना बगाउँदै आफ्नो आत्मसन्तुष्टी मात्र कायम गरेन, आफ्नो मनको भावना डायरीमा खेलाएर गीत, कविता सिर्जना गरी आफ्नो भाषा, साहित्यको क्षेत्रमा समेत योगदान दिँदै आएका छन्।

त्यसकै फलस्वरुप फुर्वा दोर्जे मोक्तान 2017को हिमालयन ईन्टरनेशल म्युजिक आवार्डको उत्कृष्ट मोडेल ट्राफी पाउन सफलभएका थिए।
प्रवास मै रहेर गीत संगीतमा निरन्तरता दिने क्रममा हिजो आज भने फुर्बा दोर्जेले छुट्टै फन्को मारेको देखिन्छ !
प्रवासी भुमि बाटै चर्चाको शिखर चुम्न सफल गायक कोष बोम्जन को मलेसिया मै पहिलो तामाङ र्‍याप स्याउखानु मिठो हेलम्बुको भिडियो पनि फुर्बाले निर्देशन गरी सकेका छन् !
फुर्बाको उकालो यात्रा त यो हो कि आफैले मोडेल गरेको भिडियो लाई आफैले निर्देशन पनि गरेका छन्। गत महिना मात्र सार्वजनिक भएको मिथिला स्याङ्तान को शब्द र रमित लामाको संगीत अनि अशोक तामाङ को स्वरमा बनेको मैच्याङ्नी मोरिले त्यो जोवन,भन्ने बोलको गीत सङ्स नेपाल बाट सार्वजनिक गरी सकेका छन्।

तिन दर्जनभन्दा बढी म्युजिक भिडियो सट मोभीमा अभिनय गरी सकेको र दर्जनौं गीतको भिडियो पनि छायांकन गरी सकेको फुर्बा ले बताउनु भयो ।
भर्खरै मात्र सार्वजनिक फुर्बाको उत्कृष्ट अभिनय रहेको प्रतीक ब्लोन तामाङ को शब्द/संगीत/स्वरमा सजिएको.बनको बाटो उकाली ओराली,बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त म्युजिक भिडियोमा पनि फुर्बा आफै निर्देशन र अभिनय रहेको छ भने सुन्दर लावतीले छायांकन गर्नु भएको छ साथमा मोडल कमला राईले फुर्बा लाई साथ दिएकी छिन् । भिडियोलाई निश्चल घिमिरेले सम्पादन गर्नु भएको छ भने भिडियो सङ्स नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।बहु प्रतिभाको राजा : फुर्बा दोर्जे मोक्तान तामाङको कलाकारिक्त जीवन यसरी नै सधै सफलताको शिखर चुचुरोसम्म लम्कि रहोस् चम्किरहोस् लाखौ-लाख शुभकामना !


हेर्नुस् भिडियो:-
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu