[थारु भाषाको विज्ञहरुले "माघी" शब्द अपभ्रंश भएको औल्याएका छन]
हरेक बर्ष माघ महिना आउन लाग्दा थारु समुदायमा एउटा उमंग र तरंग छाउँछ - आउने ठुलो पर्वको तयारि र पर्खाइमा हरेक थारुको मन आनन्दित हुने गर्छ. शहर बजारमा "माघी महोत्सव" भनेर यस महान चाडको कार्यक्रमहरु चर्चा र प्रचार शुरु हुन्छ. राजधानी काठमांडूमा पनि राष्ट्रिय "माघी" महोत्सव प्रमुखताका साथ् विभिन्न वर्ग र समुहका थारु हरु, जो काम या अध्ययनको शिलसिलामा या यहि बसोबास गर्छन सबै मिलेर जोरदार तयारी गर्छन. यसैले गर्दा थारुहरुको यो चाडलाई धेरै जसोले "माघी" भनेर चिन्दछन
तर थारु भाषाका विज्ञ र साहित्यकारहरुले हाम्रो यो महान पर्व "माघी" भन्नु अपभ्रंश भएको औल्याएका छन. वहाँहरुको अनुसार हाम्रो पर्व "माघ" भन्नु नै शुद्ध र उचित हो. हुन पनि यो पर्वको निक्कै प्रख्यात लोक गितमा "सखियै हो.. माघक पिली गुरि जांड" र प्रचलित "माघ लहान" मा "माघी" शब्द हैन "माघ" शब्द प्रयोगले केहि सहि संकेत गरे पनि माघ २ गते पछि को समय थारु समुदायको विभिन्न क्रियाकलापलाई "माघी देवानी" भन्ने पनि चलन छ अन्यथा गाउँघर तिर "माघ लागल बा" भन्ने नै सुनिने गरिन्छ.
भाषा शुद्ध सम्बबंधी हामीले पनि सचेत हुन् जरुरि छ र सम्बन्धमा हामिलाइ तपाईंहरुको प्रतिक्रया / सुझाव लेखि दिनु होला