हसुलियामा थारु सांस्कृतिक प्रर्दशनी तथा पेनाल्टी शुटआउट

Monday, 14 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

उन्नती चौधरी,,

हसुलिया:= थारु समुदायको नयाँ वर्ष एवम् महान पर्व माघीको अवसरमा हसुलियामा आज भब्य साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट भईरहेको छ ।

माघी पर्वलाई विशेष तथा उपलब्धीमूलक बनाउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । भब्य कायक्रमका बिच कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष चौधरी यस्ता कार्यक्रमले लोप हुदैं गईरहेको मौलिक थारु लोक कला, रीतिसंस्कृति संरक्षणमा टेवा पुग्ने बताए ।

थारु समुदाय संस्कृतिमा धनी रहेको बताउदै अध्यक्ष चौधरी लोप हुँदै गईरहेको संस्कृतिलाई पुस्तान्तरण गर्न जरुरी रहेको बताए । यसका साथै उनले युवा पुस्ताहरु थारु संस्कृति प्रति चासो राख्नु पर्ने औल्याए । साथै अध्यक्ष चौधरीले थारु संस्कृति संरक्षणका लागि गाउँपालिकाले चाडैं नै थारु संग्रहालय निर्माण गर्ने बताए ।

कार्यक्रम मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमका लागि विभिन्न ठाउँबाट कार्यक्रममा आउने पहुनाका लागि ठाउँठाउँमा स्वागत गेट निर्माण गरिएको छ । पहुनाहरुलाई स्वागतका लागि दर्जन बढी स्वागत गेट निर्माण गरिएको छ ।

कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लब हसुलियाले पहिलो पटक साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट कार्यक्रम आयोजना भईरहेको छ । कार्यक्रम हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा भईरहेको छ । ‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिने कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, मुङ्ग्रहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका साँस्कृतिक प्रस्तुत गरिएको छ ।

परम्परागत थारु संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, हसुलिया बजारको प्रवद्र्धन गर्ने र स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको सन्देश छड्ने उद्देश्यले कार्यक्रम गरिएको संयोजक चौधरीले बताए ।

साँस्कृतिक टोली र पेनाल्टी सुटआउट टोली कैलारी गाउँपालिकाको नौ वटै वडा अध्यक्षहरुको समन्वयमा हरेक वडाबाट एक÷एक टोली रहेको छ । साँस्कृतिक टोली गाउँपालिकाभित्रैबाट मात्रै समावेश गरिएको छ भने पेनाल्टी सुटआउट टोली बाहिरबाट पनि सहभागी भएको जनाईएको छ । सांस्कृतिक टोलीमा एक आगन्तुक टोली सहित २० र पेनाल्टीका लागि ४० टोली दर्ता भएको जनाईएको छ ।

फुटबल पेनाल्टी सुटआउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद एक लाख एक हजार एक सय ११ रुपियाँ र उपविजेता टिमलाई ५१ हजार एक सय ११ रुपियाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu