मलेसियामा थारु माघी कार्यक्रम सम्पन्न , राज्यले थारु माथी तिब्र दमन गर्यो:- अध्यक्ष चौधरी(सेयर गर्नुस्)

Monday, 21 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
क्वालालम्पुर := प्रवासी थारु सेवा समाज मलेसिया क्षेत्रीय समिती पेनाङको मुख्य आयोजना तथा थारु समाज केन्द्रिय समिती र थारु समाज क्षेत्रीय समिती जोहोरको सह-आयोजनामा थारु (माघ) माघी कार्यक्रम
२०१९ आईतबार पेनाङमा भब्य सम्पन्न भएको छ।

थारु समुदायको कलासंस्कृति,रितिरिवाज र पहिचानलाई देशमा मात्र नभैइ बिदेशमा बसेर अथवा विश्वको जुनसुकै कुन्नामा बसेपनि सम्बर्द्धन संरक्षण गर्न सकिन्छ भन्ने सन्देश विश्वसामु छर्न माघी कार्यक्रमको आयोजना गरेको थारु समाज क्षेत्रीय समिती पेनाङका  अध्यक्ष तथा कार्यक्रमको सभापति परशुराम चौधरी थारु (प्रेम)ले बताए ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने २६४२ औं माघ (माघी)को सुखद उपलक्ष्यमा सभापति चौधरीले शुभकामना सन्देश दिदै अहिले जुन किसिम बाट थारुहरु लाई नेपालमा चारैतिरबाट उत्पीडन र थिचोमिचो गरिरहेको छ ,राज्यले आदिवासी थारु समुदाय माथी सौताको ब्यावहार गरिरहेको छ यो हामी कदापि सहन सक्दैनौं यदि राज्यले थारु समुदायमाथी अत्याचार दमन गर्न छोडेन भने नेपाल लगायत विभिन्न देशमा बस्ने थारुहरु एक भैइ आन्दोलनको बिगुल फुक्ने चेतावनी दिदै सरकारको ध्यानाकर्षण गराउन चाहे ।


यता प्रमुख अतिथि समजका केन्द्रिय अध्यक्ष मनिराम थारुले माघको शुभकामना सन्देश दिदै केही समय अगाडि नेपाल् सरकारले आदिवासी जनजातीहरुको चाडपर्वमा दिइने बिदा कटौती बारे खुलेर बिरोध गर्दै पुनःस्थापना गरेको बिदामा समेत सरकारले आफ्नो गल्ती सच्याउदै सम्पुर्ण जातजाति,नेपालीहरुको चाडपर्वमा सम्मान बिदा दिइउनु पर्ने प्रवासबाटै माग 
गर्दै सरकारको कान सम्म पुर्याउन कलमको माध्यमबाट सहयोग गर्न उपस्थित पत्रकारहरुलाई आग्रह गर्नुभयो।

[ कार्यक्रमको मुख्य आकर्षणमा थारु खाना परिकार र थारु नृत्य ,लठ्ठी नाच रहेको थियो। ]





थारु समाजको क्षेत्रीय महासचिव मनिस चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष मनिराम थारु रहेका थिए भने,अतिथीहरुमा समाजकि केन्द्रिय महिला उपाध्यक्ष सरिता चौधरी,कोषाध्यक्ष बिरेन्द्र चौधरी ,वरिष्ठ-सल्लाहकार रमेश चौधरी,मगरसंघ पेनाङको अध्यक्ष युवराज मगर,किरात राई यायोक्खाबाट केवाल कुलुङ्ग,तामाङ समाजबाट रामकाजी तामाङ ,राष्ट्रवादी बिकाश अभियान नेपालकोप्रतिनिधि देबेन्द्र लिम्बू,जनउद्धारको प्रतिनिधि शेर बहादुर क्ष्रेष्ठ,दलित एकता सेवा समाजको प्रतिनिधि राधा लुहार लगायत पत्रकार,नेपाली ब्यवसायिहरु,थारु समुदायको युवा,युवतीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।







Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu