सांंसद रेशम चौधरीलाई निलम्बन गर्ने तयारी

Monday, 21 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:= दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन्।

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए । सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो । 

स्रोतका अनुसार सभामुख महरालाई जेलमै गएर सपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उनले त्यहाँ नजाने अडान राखेका थिए । यो समाचार नागरिक पत्रिका दैनिकबाट लिएको हो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu