मलेसियामा ड्ब्लुआरपी कम्पनीमा आन्दोलनरत नेपाली श्रमिक काममा फर्किए ।

Wednesday, 30 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
मलेसिया:= तीन महिनादेखि तलव नपाएपछि आन्दोलनमा उत्रिएका मलेसिया स्थित नेपाली श्रमिक काममा फर्केका छन् । मलेसियास्थीत नेपाली दूतावासको समन्वयमा भएको छलफलमा रोजगारदाता कम्पनीले आगामी शुक्रवारसम्ममा सबै बाँकी तलव, सुविधा वापतको रकम उपलव्ध गराउने प्रतिवद्धता जनाएपछि नेपाली श्रमिक काममा फर्केका हुन् ।
तीन महिनादेखि तलब नपाएपछि मलेसियाको ग्लोब उत्पादन गर्नै कम्पनी डब्लूआरपीमा कार्यरत दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका थिए।
कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका थिए । हडतालमा उत्रिएका नेपालीहरुले मंगलबार पनि बिहानदेखि नै काम रोकेर बसेका थिए।  कम्पनीमा तोडफोड नहोस् भनेर प्रहरीले  उनीहरुलाई  घेरा हालेर राखेको थियो।
श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको बताएका छन। हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेका छन् ।
हडताल भएको स्थलमा मलेसियाममा रहेको नेपाली दूतावासले श्रमिकको अवस्था बुझ्नका लागि श्रम सहचारीको नेतृत्वमा टोली पठाइएको बताएको छ  । दूतावासले वार्ताबाटै समस्या समाधान गर्न प्रयास गर्नै र वार्ता नमिलेमा कानुनी प्रक्रियामा जाने जानकारी दिएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu