राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५५ तथा तामाङ साँस्कृतिक महोत्सवलाई ओलीले उद्घाटन गर्ने

Wednesday, 30 January 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं:= राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५५ तथा तामाङ साँस्कृतिक महोत्सवलाई यसबर्ष प्रधानमन्त्री केपी ओली ज्यूले समुद्घाटन गर्ने भएका छन् । मूल समारोह समितिले मंगलबार घेदुङ हल चुच्चेपाटी, बौद्धमा पत्रकार सम्मेलन गरी सो को जानकारी गराएका हुन् ।

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको संयोजकत्वमा १०० भन्दा बढी तामाङ संघ, संस्थाहरु मिलेर सोनाम ल्होछार मूल आयोजक समिति गठन गरी तिब्र तयारी गरिरहेको छ । समितिले माघ २१ र २२ गते साँस्कृतिक पर्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं स्थित टुँडिखेलमा दुई दिवसीय तामाङ महोत्सव सञ्चालन गर्ने जानकारी दिएको छ।

सम्मेलनमा दिएको जानकारी अनुसार अघिल्लो दिन माघ २१ गते खि ल्हो (कुकुर बर्ष) को बिदाईको अवसरमा मैत्रीपुर्ण ल्होछार कप फुटबल प्रतियोगिता, पूजाआजा, ल्होछार इभ, साँस्कृतिक कार्यक्रमको आयोजना हुनेछ भने दोस्रो दिन फाग् ल्हो (सुंगुर बर्ष) को पहिलो दिन माघ २२ गते रत्नपार्क, शान्ति बाटिकाबाट झाँकी सहितको ¥याली, प्रधानमन्त्रीबाट समुद्घाटन, शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम सञ्चालन हुने घेदुङका महासचिव बाबु घिसिङले बताए ।

यसको लागि मूल आयोजक समितिले प्रचार प्रसार उपसमिति, साँस्कृतिक कार्यक्रम उपसमिति, झाँकी÷¥याली ब्यवस्थापन उपसमिति, स्वयम्सेवक उपसमिति, मञ्च सजावट उपसमिति र अनुगमन उपसमिति समेत गठन गरी जिम्मेवारी दिइसकेको छ ।

कार्यक्रम अवधि दुवै दिन विभिन्न स्टलहरुमा तामाङको मौलिक खानपिन, भेषभूषा, पुस्तक, थाङ्का, कपडा बुन्ने तान आदिको समेत प्रदर्शन गरिने घिसिङले जानकारी दिए । यस हिसावले विगतको भन्दा यसबर्षको ल्होछार मूल समारोहको कार्यक्रम भिन्न हुने उहाँको दाबी थियो ।

सोनाम ल्होछारको प्रवद्र्धन हाम्रो साँस्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक आधार भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको पर्वमा घेदुङले यसबर्ष आन्दोलन बर्षको रुपमा ल्होछार मनाउने यस अघि निर्णय गरिसकेको छ ।

ल्होछारको सार्वजनिक बिदा कटौती गरिनु राज्यले आदिवासी समुदायको पर्वमाथि नाङ्गो रुपमा साँस्कृतिक आक्रमण भएको घेदुङले बताउँदै आएको छ । ल्होछारको बिदा पुनस्र्थाना र ताम्सालिङ पहिचानको सुनिश्चितता नभएसम्म आवाजलाई बुलन्द बनाइराख्ने घेदुङले जनाएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu