मलेसियामा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली खेलाडीहरु भाग लिदै ।

Thursday, 21 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,,
मलेसिया (क्वालालम्पुर):= 10th साइलेन्टनाईट अन्तर्राष्ट्रिय कराते प्रतियोगिता - 2019...फेब्रुअरी २३,२४ तारिखको दिन क्वालालम्पुरको टिटिवाङ्सा स्ट्यडियममा आयोजना हुन गैइरहेको छ।नेपालको तर्फबाट सो प्रतियोगितामा नेपाली प्रवासी सितोरियो कराते संघका खेलाडीहरुले भाग लिने भएको छ। 

जसमा ६० किलो तौल मुनिको खेलमा शुबोध ठाकुरले प्रतिस्पर्धा गर्ने छ , त्यस्तै ६५ किलो तौल मुनिको खेलमा तुलाराम धामीले प्रतिस्पर्धा गर्ने भएका छन भने,८४ किलो तौल माथीको खेलमा भिम बहादुर महरले प्रतिस्पर्धा गर्ने भएको छ ।त्यसैगरी भेट्रान्स खेलमा सोनाम नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने नेपाली प्रवासी सेतेरियो कराते संघ मलेसियाका अध्यक्ष तथा एशियन रेफ्री समेत रहनु भएका योगेन्द्र कोईरालाले जानकारी गराए ।

कोईरालाको अनुसार नेपालको तर्फबाट रेफ्रीमा, एशियन रेफ्री योगेन्द्र कोईराला,अन्तर्राष्ट्रिय रेफ्री लक्ष्मी क्षेत्री र दिपक बोहराले भाग लिनेछ्न।२ दिन सम्म चल्ने उक्त प्रतियोगितामा फेब्रुअरी २३ तारिखमा क्याडेड र जुनियर खेल हुनेछ भने फेब्रुअरी २४ तारिख आइतबारको दिन सिनियर खेलाडीहरु संगै नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन ।

साइलेन्टनाईट अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल, बङलादेश, ईन्डिया,
श्रीलंका,सिङापुर,इन्डोनेशिया,मलेशिया,बुर्नाइ, हङकङ,इरान, उज्बेकिस्तान, जापान,भेयतनाम र थाइल्यान्ड लगायतको देशका खेलाडीहरु प्रतिस्पर्धा गर्ने बताए ।
नेपालको तर्फबाट नेपाली प्रवासी सितोरियो कराते संघले अहिले सम्म जति पनि अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी जनाउदै आएको छ्न कुनैमा पनि खालीहात नफर्किएको दाबी गर्दै यसपटक पनि खालीहात नफर्किने आशा राख्दै उत्कृष्ट खेल प्रदर्शन गरि जित्त हासिल गर्ने कोईरालाले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu