राजबंशी समुदायको १२ औ भेला सम्पन्न/बिराटनगरलाई स्थायी राजधानीको माग

Wednesday, 20 February 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
विराटनगर:= राजवंशी समाज उत्थान समिति(विराट)को १२ औं बृहत भेला विराटनगरमा सम्पन्न भएको छ ।समितिले बृहत भेलाको अवसरमा विविध कार्यक्रम गरेको छ ।
विराटनगरकाे वीरेन्द्र सभागृहमा आयोजना गरिएको बृहत भेलाको प्रदेश न.१ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङ र सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदघाटन गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख तुम्बाहाङले प्रदेश १. जातिय विविधताले सम्पन्न प्रदेश रहेको बताए ।
उनले प्रदेश भित्रका विभिन्न जातिय समुदायहरुमध्ये विराट राजवंशी समुदाय समेत आफ्नो छुट्टै पहिचान र संस्कृति बोकेको समुदाय रहेको बताए । प्रदेश सरकारले विराट राजवंशी समुदायले उठाएका मागहरुलाई सम्बोधन गर्ने बिषयमा आफु विश्वस्त रहेको समेत उनले भने ।
बृहत भेलाका संयोजक सिद्धुलाल राजवंशीले कोच र धानुक राजवंशीहरु आदिवासी जनजातिमा सुचिकृत गरिएको भएपनि विराट राजवंशी समुदाय सुचिकृत हुन नसकेको बताए । 
उनले विराटनगर वरिपरिलाई केन्द्र बनाएर आदिम कालदेखि बस्दै आएका विराट राजवंशीहरुलाई समेत आदिवासीमा सुचिकृत गर्नुपर्ने माग गरे । आयोजक संस्थाका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले विराट राजवंशीलाई आदिवासीमा सुचिकृत गर्नुपर्ने तथा विराटनगरलाई स्थायि राजधानी घोषणा गर्नुपर्ने लगायतका माग राखे ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu