हमार सनेश सहकर्मी ,,
नवलपरासी := (ND STUDIO THE STORY MAKER ) को ब्यानरमा निर्माण भएको थारु भाषाको फिल्म "रङ्ग" को 1st Look [ पहिलो पोष्टर ] सार्बजनिक गरिएको छ । ND STUDIO THE STORY MAKER को Official फेसबूक पेज ndstudio4u बाट उक्त पहिलो लुकको पोष्टर सार्बजनिक गरिएको हो ।
चलचित्र नयाँ बर्षको दोस्रो साताबाट प्रदर्शन गर्ने तयारी रहेको यस् फिल्ममा चितवन र नवलपरासीको भाषामा समेत गरी पुर्ब देखी पश्चिमको थारु भाषा गरेर तीन भाषामा प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिए ।
बिशेषत: युवाहरुलाइ लक्षित गरेर चलचित्र निर्माण गरेपनी यस् चलचित्रमा ड्रामा फाइट,रोमान्स,कमेडिका साथै राजनिती पनि समाबेश गरिएको छ।
यस चलचित्रमा पुरानो कलाकारको साथमा नयाँ कलाकारहरुको पनि जोडदार अभिनय देख्न सकिन्छ । यो चलचित्र चितवन,नवलपरासी,कपिलवस्तु र मकवानपुर जिल्लाहरुमा छायांकन गरिएको हो।
यस् चलचित्रमा रोहित सिं.चौधरी , सृष्टि चौधरी , जितेन्द्र महतो , शुरेस चौधरी , शोभा चौधरी, होम बहादुर महतोको मुख्य भुमिका रहेको छ भने संगीत गणेश चौधरी, उपेन्द्र चौधरी र अबधेश महतोको रहेको छ।
त्यसै गरि फाइटमा राजेन्द्र चौधरी कथा,पटकथा,सम्बाद शुरेस चौधरी नृत्य निर्देशक अजय महतो छायांकन पति राम थनेत ड्रोन क्यामरा रामजनम चौरसियाको रहेको छ। यस् चलचित्रको निर्देशकले सयौं भिडियोमा निर्देशन गरेता पनि चलचित्रमा भने हिरा चौधरीले पहिलो चोट्टि डेब्यु गरेका हुन।