राम दहित,,
धनगढी := धनगढी उपमहानगरपालिका वडा नं १७ ले आयोजना गरेको राना थारु समुदायको होरी बिशेष सांस्कृतीक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
रानाथारु समुदायको संस्कृतीलाई प्रवद्र्धन गर्ने उदेश्यले वडा नं १७ पथरीमा होरी बिशेष सांस्कृतीक कार्यक्रमको आयोजना गरिएको थियो।
होरी बिशेष सांस्कृतीक कार्यक्रमको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिकाले सबै जातजाती, भाषा र धर्म संस्कृतीलाई समान प्राथमिकता दिएको बताए । थारु, रानाथारु र पहाडी समुदायका संस्कृतीको संरक्षण गर्नका लागि उप–महानगरपालिकाले नै बजेटको ब्यबस्था गरेर कार्यक्रम आयोजना गर्ने गरेको बताए । उनले सबै जातजातीलाई संगसंगै लगेमात्रै हामीले चाहेको समृद्धी हात पर्ने बताए ।
धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले रानाथारु समुदाय संस्कृतीको धनी समुदाय भएको बताईन । उनले भनिन, पुस्ता हस्तान्तरण गर्न नसके कुनैपनि संस्कृती लोप हुदै जान्छ ।
धनगढी उपमहानगरपालिकाका वडा नं १७ का अध्यक्ष माधव रानाले रानाथारुहरुको होली बिशेष किसिमको पर्व भएको बताए ।
धनगढी उपमहानगरपालिकाका वडा नं १७ का अध्यक्ष माधव रानाले रानाथारुहरुको होली बिशेष किसिमको पर्व भएको बताए ।
रानाथारुहरु नेपालको भिन्न बिशेषता बोकेको समुदाय हो वडा अध्यक्ष रानाले भने, त्यस कारण पनि उप–महानगरले होली मनाउनका लागि रकमको ब्यबस्था गरेको हो । कार्यक्रममा राना थारुका होली नाचहरु प्रस्तुत गरिएका थिए ।