मलेसियामा नेपाली श्रमिक ठग्ने , कामदारलाई दु:ख दिनेलाई कडा कारवाही गर्छौ :- नवनियुक्त राजदुत पाण्डे

Monday, 1 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आर एन चौधरी थारु,,
मलेसिया := नेपाली ब्यवसायी समाज लगायत मलेसियामा रहेका विभिन्न समाजिक संघसंस्थाले आईतवार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना गरेको एक विशेष समारोहका बिच नवनियुक्त राजदुत उदयराज पाण्डेलाई भब्य स्वागत तथा सम्मान गरेको छ ।

नेपाल् आदिवासी जनजाती महासंघ मलेसियाका प्रवक्ता ईश्वर राईले सञ्चालन गरेको कार्यक्रमको सभापतिमा नेपाली ब्यवसायी समाज मलेसियाको अध्यक्ष ईन्द्र राज लिम्बू , प्रमुख अतिथीमा नवनियुक्त राजदुत उदयराज पाण्डे र विशेष अतिथिमा एन.आर.एन.मलेसियाका केन्द्रिय वरिष्ठ-उपाध्यक्ष टेक बहादुर धिक्त रहनु भएको थियो भने स्वागत मन्तब्य सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष समीर मल्लको रहेको थियो ।

कार्यक्रममा नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)मलेसियाका अध्यक्ष सुनाखरी मगर , नेपाल् कम्युनिस्ट पार्टी (नेकपा)समन्वय समिती मलेसियाका सदस्य प्रेम पाण्डे, नेपाली ब्यवसायी बिपिन राई , नेपाल् कम्युनिस्ट पार्टी बिप्लव निकट मलेसिया मोर्चाका अध्यक्ष विजय लामा , नेपाली प्रवासी सितोेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला गायतकोले विशेष गरी यहाँ कार्यरत रहेका नेपाली श्रमिकहरुको हकहितको निम्ति काम गर्न राजदूत उदयराज पाण्डेको ध्यानाकर्षण गराउदै दुखेसो पोख्दै आउदो दिनमा पहिलाको जस्तो कुनैपनी दलालीकरणमा लागेका,समाजिक संस्थाको खोल ओढेर श्रमिक ठग्ने जो कोहिलाई पनि दूतावासले आवश्यक कारबाहीको निम्ति यथासिघ्र कदम चाल्नु पर्ने सुझाव सहितको धारणा व्यक्त गरेका थिए ।

समाजिक अगुवा,राजनीतिक पार्टीको अगुवा र पत्रकारहरुको गुनासो,जिज्ञासा्,प्रश्न सुन्दै कार्यक्रमको प्रमुख अतिथी नवनियुक्त राजदुत उदयराज पाण्डेले बोल्दै यहाँ कार्यरत रहनु भएका सम्पुर्ण नेपालीहरुले हातेमालो गर्दै दूतावास संग सहकार्य गर्न आह्वान गर्नु भयो, साथै यहाँ रहेका संगठनको नाममा संघसंस्थाको नेता बनेको नाउँमा नेताको पगरी गुथेर कुनैपनी खराब काम नगर्न,श्रमिकलाई ठग्ने काम पुर्णरुपमा तत्काल बन्द गर्न चेत्तावनी दिए। यदि त्यस्ता जघन्य किसिमका कुनै काम गरे दूतावासले कडाभन्दा कडा कारवाही गर्ने बताए, र त्यसो कारवाहीमा परिदा कुनै संस्थालाई कारवाही गर्यो भनी नबुझेर खराब काम गर्ने ब्यक्तीमाथी कारवाही गरेका हौं भनेर बुझ्नु पर्ने भने,साथै यदि दूतावासका कुनै कर्मचारीले त्यस्तो कुनै नराम्रो कार्य गरिरहेको छ भने दूतावास प्रमुखलाई जानकारी गराउन भन्दै त्यस्ता कर्मचारीलाई समेत आवश्यक कारवाहीको निम्ति कदम चाल्ने,दूतावासबाट निकालिने बताए।

पाण्डेको भनाई अनुसार नेपाल् सरकारले निर्णय गरिसकेको नयाँ नियम अनुसार कुनैपनि मागपत्र,डिमाण्ड अब दूतावासले स्वीकृति नदिईन्जेल सम्म कामदार मलेसिया ल्याउन नपाइने बताए , अब कुनैपनि कम्पनीले कामदारलाई दु:ख दिने काम गरिरहेको छ भने चेतावनी दिदै भने अब त्यस्ता काम बन्द गर्नुस किनभने आउदो दिनमा जब सम्म दूतावासले एटेच गर्दैन कुनैपनी कामदार ल्याउन पाईदैन।

नेपाली ब्यवसायी समाज लगायत विभिन्न समाजिक संघसंस्थाहरु जस्तैःनेपाल् आदिवासी जनजाती महासंघ , नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज), सुदुर पश्चिमेली नेपाली समाज , नेपाली प्रवासी सितोरियो कराते संघ , भोजपुर सेवा समाज , दोलखा समाज , खोटाङ सेवा समाज , खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरु संगको संयुक्त सहकार्यमा सो कार्यक्रम आयोजना गरिइएको थियो ।
कार्यक्रममा मनोरञ्जनको निम्ति स्थानीय नेपाली कलाकारहरुले नृत्य प्रस्तुत गरेको थियो भने कलाकारहरुलाई आयोजकले कदरपत्र सहित सम्मान गरेका थिए ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu