घोङ्ही खानुको फाईदा के के छ्न त ? तलको लिङ्क खोली पढेर एक सेयर अनिवार्य गर्नुस्

Saturday, 20 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
प्राय जसो नेपालको तराईमा बसोबास गर्ने आदिवासी जनजाती ,भुमिपुत्र थारु,चौधरी समुदाय ले प्रमुख खानाको रुपमा प्रयोग गर्ने घोङ्गीको फाईदा तल निम्न प्रकारले उल्लेख गरिएको छ :- 
१. प्रोटिन
घोंघी प्रोटिनको राम्रो स्रोत हो । प्रोटिन मांसपेशी निर्माण तथा मर्मतका लागि उपयोगी हुन्छ । धेरैजसो मान्छेहरु प्रोटिनको सजिलो स्रोतका लागि घोंघी मान्दछन् र घोंघीमा धेरै हुन्छ ।
२. आइरन
घोंघी आइरनका लागि पनि राम्रो स्रोत हो । घोंघी रातो रक्तकणिका बनाउने र शरिरका बिभिन्न अंगमा शक्ति बोक्ने कार्य गर्दछ । आइरनको कमीले कम्जोरी बढ्ने र रक्तअल्पता हुने गर्दछ । 

३. भिटामिन बि–१२
भिटामिन बी१२ शक्ति भिटामिनकोरुपमा चिन्ने गरिन्छ । यो भिटामिन रातो रक्तकणिका निर्माण, स्नायु प्रणाली स्वस्थ राख्न, खाएको खानाबाट शक्ति उत्पादन गर्न र फोलिक एसिड प्रक्रियात्मक बनाउन काम गर्दछ । संयोगले घोंघीमा यो तत्व धेरै हुन्छ ।
४. म्याग्नेशियम
घोंघी म्याग्नेसियमका लागि राम्रो स्रोत मानिन्छ जुन हाम्रो शरिरको सामान्य रक्तचाप बनाउने, हाड मजबुत बनाउनुको साथै मुटुको ढड्कन पनि नियमित राख्दछ ।
५. सेलेनियम
हाम्रो शरिरमा सेलेनियमको मात्रा धेरै चाहिंदैन । तर रोग प्रतिरोधात्मक क्षमतालाई स्वस्थ राख्नका लागि र कोष नष्ट हुनबाट बचाउनका लागि यो आवश्यक हुन्छ । र यो सेलेनियम घोंघीमा पाइन्छ ।
६. ओमेगा–३
मुटुलाई चाहिन आवश्यक फ्याटि एसिडको आवश्यकता घोंघीमा पाइने ओमेगा–३ घोंघीले परिपूर्ति गर्ने गर्दछ । जुन मुटुको लागि लाभदायक हुन्छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu