शिवगढी साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को बिमोचन ।

Monday, 22 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी /राम अवतार चौधरी,,
कपिलवस्त:= शिवगढी साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । शिवगढी इंगलिस स्कूल शिवपुरमा आयोजित कार्यक्रमका बीच संस्थाको मुखपत्र शिवगढी आवाजको बिमोचन गरिएको हो ।

प्रदेश नं. ५ का प्रदेश सांसद अर्जुन कुमार के.सी. शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु सहित साहित्यिक श्रष्टाहरुले संयुक्त रुपमा शिवगढी आवाजको बिमोचन गरेका थिए ।
साहित्यिक स्मारिका विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद अर्जुन कुमार के.सी.ले भाषा, कला, साहित्यको माध्यमबाट संस्थाले समाज परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । शिवगढी साहित्य संगमले प्रकाशनमा ल्याएको स्मारिकाले उच्च शिक्षा अध्ययनमा समेत थप सहयोग पुग्ने सांसद के.सी.ले विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शिवगढी साहित्य संगमले प्रकाशन गरेको कृति शिवराज नगरपालिकाको गहना रहेको उल्लेख गरे । उहाँले यस किसिमको कृतिलाई निरन्तरता दिंदै समाज परिवर्तनमा अग्रणी भूमिका खेल्न आग्रह गर्दै शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमकी विशिष्ट अतिथि शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले हरेक मानवको फरक रुची हुने बताउनुभयो । सबै खाले रुचीको संयोजनबाट नै सामाजिक संरचना बनेको उपप्रमुख थारुले उल्लेख गर्नुभयो । साहित्यिक क्षेत्रबाट संस्थाले खेलेको भूमिका अतुलनीय रहेको औल्याउँदै आगामी दिनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता थारुले गर्नुभयो ।

“भाषा साहित्य कला र संस्कृति, राष्ट्रको अमुल्य निजी सम्पत्ति” भन्ने मूल नारालाई अवलम्बन गर्दै वि.सं. २०६९ सालमा स्थापना भएको शिवगढी साहित्य संगमले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
शिवगढी साहित्य संगमलाई यो अवस्थासम्म ल्याई पु¥याउन हरेक क्षेत्रबाट सहयोग पु¥याएकोमा सबैलाई धन्यबाद दिंदै आगामी दिनमा समेत सबैसँग सहकार्य गरी अघि बढ्ने संस्थाका अध्यक्ष अर्जुन कुमार पौडेलले प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu