दोश्रो कोल्हवी गोल्ड कपको सम्पुर्ण तयारी अन्तिम चरणमा

Monday, 8 April 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
रन्जन चौधरी ,,
कोल्हबी:= बाराको कोल्हबी नगरपालिका वडा न.१ स्थित रहेका जनशक्ति युवा क्लब कोल्हवीको आयोजनामा खैरा-काटा (मठवा) खेल मैदानमा हुन गैरहेको दोश्रो कोल्हबी गोल्ड कपको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ। 

थारु सेवा सदनको सभा हलमा एक समारोहका बिच आईतवार पत्रकार सम्मेलन गरी दोश्रो कोल्हवी गोल्ड कप खेल हुने बारे आयोजकले जानकारी दिए। जनशक्ति युवा क्ल्ब कोल्हबीका अध्यक्ष त्रियोगी राउत थारुको सभापतित्वमा आज आइतवार सम्पन्न भएको कार्यक्रममा कोल्हबी नगरपालिका वडा न.६ का वडा अध्यक्ष पुरनदेव चौधरी,वडा न.७ का वडा अध्यक्ष बिरेन्द्र चौधरी,श्री अनुपदिपनी उच्च मा.बि कोल्हबीका पुर्व प्रधानध्यापक केबल प्रसाद चौधरी, तामागढी वन साझेदारी व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र पनुहर,उधोग वाणिज्य संघ शाखा कोल्हवीका अध्यक्ष महेश कुमार साह,समाजसेबी गोविन्द पौडेल,रामप्रसाद चौधरी,कपिलदेव चौधरी, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। 

कार्यक्रममा स्वागत मन्तव्य रामदयाल चौधरीको रहेको थियो भने कार्यक्रमका संचालन रामनाथ चौधरीले गर्नु भएको थियो। उक्त कार्यक्रममा समाजसेबि जयप्रकाश चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रतिनिधि,सशस्त्र प्रहरी कोल्हबीका प्रहरी नायब निरीक्षक अनिल कुमार झा, लगयतको उपस्थित रहेको थियो।अनुमानित २४ लाख २० हजारको लागतमा हुन गैरहेको दोश्रो कोल्हवी गोल्ड कपमा हर्दि समाज चितवन (भण्डारा), महाबीर क्बल हेटौडा,FC बैङघारी महोत्तरी ,बारा-११, सिमरा (बारा), सलार्ही–११,चिडिया दह स्टार क्लब चपुर (रौतहट), आयोजक टिम गरि ८ वोटा टिमहरुको सहभागी रहने र उक्त खेलको प्रतियोगिताको बिजेताले १ लाख ६० हजार र उपबिजेताले ८० हजार प्राप्त गर्ने छ। यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुनेलाई अयोजकले नगद ४० हजार प्रदान गर्ने र साथै २९ गते शुक्रबार देखि शुरु हुने खेल बैशाख ६ गते सम्म रहने जनशक्ति युवा क्लब कोल्हबीका अध्यक्ष त्रियोगी राउत थारुले जानकारी दिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu