सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको बिरोधमा पत्रकारहरु सडकमा ।

Friday, 17 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं := सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको बिरोधमा पत्रकारहरुले संसद भवन घेराउ कार्यक्रम गरेका छन्।
 शुक्रबार काठमाडौँको नयाँबानेश्वरमा नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संघ संस्था, नागरिक समाजका प्रतिनिधीहरुले संयुक्त रुपमा बिधेयकको बिरोध गरेका हुन् ।
उनीहरुले सो विधेयक अभिलम्ब फिर्ता गर्न भन्दै संविधानले दिएको प्रेस स्वतन्त्रता कार्यान्वयनको माग गरेर धर्ना बसे । पत्रकारहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रता जिन्दावाद लेखिएका प्लेकार्ड बोेकेर कालो पट्टी बाँधेका थिए ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरु, मानव अधिकारकर्मीहरु सितिमिति सडकमा नआउने बताउँदै अत्यन्तै पीडित भएको अवस्थामा मात्रै सडकमा आउने बताए ।
उनले भने–‘अहिले हामी सडकमा आउनु भनेको कसैको विरुद्धमा भन्दा पनि लोकतन्त्रको पक्षमा सडकमा आएका छौँ । नागरिक अधिकारको पक्षमा सडकमा आएका छौँ । मानव अधिकारको पक्षमा सडकमा आएका छौँ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सडकमा आएका छौँ । हाम्रो संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता भनेर लेखिएको छ । हाम्रो संविधानमा मानव अधिकारको प्रत्याभूति गरिएको छ । तर अहिले प्रेसलाई अंकुश लगाउने गरी संसदमा विधेयक दर्ता गरिसकेपछि हामीले विभिन्न ढंगले आवाज उठायौं, ध्यानाकर्षण पत्र बुझायौँ, ज्ञापनपत्र बुझायौँ तर कुनै पनि सुनुवाई नभएपछि बाध्य भएर आज हामी सडकमा आउनु परेको छ ।’





उनले सडकको आवाज लोकतन्त्रको र मौलिक अधिकारको आवाज रहेको बताउँदै यो आवाजको सुनुवाई नभएसम्म आन्दोलन नरोकिने बताए । उनले पत्रकार महासंघले नागरिक समाज, मानव अधिकारकर्मीको साथ पाएको बताउदै उठाएको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उल्लेख गरे ।
धर्ना कार्यक्रममा नागरिक समाज, मानवअधिकारकर्मीहरुले प्रेस स्वतन्त्रता र मानव अधिकार रक्षाको माग गर्दै आफ्ना धारणा राखेका थिए । सरकारले आचार संहिता विपरितको समाचार प्रकाशन गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितको मिडिया काउन्सिल बिधेयक संसदमा दर्ता गरेपछि पत्रकार महासंघले आन्दोलन सुरु गरेको छ ।







      (source :-Ratopati.com)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu