बाराको गढिमाई मन्दिरमा विवाह मण्डप र धर्मशाला निर्माण हुने

Sunday, 19 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बारा : = महागढिमाई नगरपालिका –१ को बरियारपुर स्थितविश्व प्रसिद्ध गढिमाई मन्दिर परिसरमा विवाह मण्डप र धर्मशाला निर्माण हुने भएको छ।

प्रदेश सरकारको सहयोगमा निर्माण गरिने विवाह मण्डप र धर्मशालाको प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल शनिबार एक कार्यक्रम बीच शिलान्यास गरेका छन्।गढिमाई मन्दिरमा दर्शन गर्न आउने स्वदेशी तथा विदेशी धार्मिक पर्याटकलाई राती राख्नको लागि कमी रहेको पुर्वाधारलाई यसले पुरा गर्ने विश्वास गरिएको छ।निर्माण कम्पनी भ्याली बाबु रत्न जेभी ललितपुरले २०७६ जेठ ३ गते दुई बर्ष भित्रमा निर्माण सम्पन्न गर्न मूल्य अभिबृद्धि कर सहित सात करोड ५९ लाख ७३ हजारमा ठेक्का स्वीकार गरेको भौतिक पुर्वाधार विकास मन्त्रालयका ईन्जिनियर बिनोद कुमार यादवले बताए।

दुई तल्ले निर्माण गरिने विवाह मण्डप र धर्मशालामा दुबै तल्लामा गरि ५० वटाहरु कोठाहरु रहने यादवले बताए। २०७८ असार मसान्त भित्रमा निर्माण पुरा भए पछि जनकपुरको जानकी मन्दिर जस्तै विवाह मण्डप र धर्मशाला देखिने यादवले दाबी गरे।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश दुईमा धार्मिक पर्यटकहरुलाई भित्र्याउने उदेश्यका साथ प्रदेश सरकारले पुर्वाधार निर्माण गर्नमा विशेष प्राथमिकता दिएको बताए।गढिमाई मन्दिरको साथ साथै प्रदेश दुईमा रहेको अन्य धार्मिक स्थारहरुको विकास गर्न त्यस स्थानमा कमी रहेको पुर्वाधार निर्माण गर्न कार्यमा प्रदेश सरकार लागेको मन्त्री सोनलले बताए।

प्रदेश नम्बर दुईमा धार्मिक पर्यटकहरुलाई भित्र्याएर ठुलो मात्रामा रोजगारी सृजना सकिने भए पनि त्यस अनुुसार पहिला देखि लगानी नगरिएको गुनासो मन्त्री सोनलले गरे।
कार्यक्रममा प्रदेश सभा सदस्य पारस साह, महम्द समिर,प्रतिनिधी सभा सदस्य रामएकबाल मियाँ लगाएतकाहरुको उपस्थिती रहेका थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu