थारु कलाकार भेला / संस्कृति मासिएकोमा चिन्ता व्यक्त ।

Friday, 24 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
गणेश चौधरी,,
टिकापुर:= आफनो गीत संगीत सबैलाई मनपर्छ । आफ्नो कलासंस्कृति जोगाउने समुदायको कर्तव्य पनि हो । परम्परागत तथा मौलिक गीत संगीत र कलासंस्कृति हराउँदै गएकोमा थारू कलाकारहरू चिन्तामा छन् । यही चिन्ता हटाउन मंगलबार चितवनदेखि कञ्चनपुरसम्मका थारू कलाकार कैलालीको जोशीपुरमा भेला भएका छन् । पुराना थारू लोकगीत संगीत हराउँदै जानुको कारण तथा जगेर्नाका लागि गर्नुपर्ने भूमिकाबारे उनीहरूले दिनभर उत्तर खोजेका छन् ।
बिहान प्रभातफेरी र दिनभर थारू गीत संगीतको संरक्षण र संवर्द्धनका लागि जोशीपुरको तातो मौसममा उनीहरूले तातो बहस चलाए ।हिन्दी तथा नेपाली गीत संगीतको प्रभावका कारण पुराना थारू मौलिक गीत हराउँदै गएको उनीहरूको निष्कर्ष छ । बहसमा सहभागी थारू गायिका बर्दियाकी सोमती थारूले भनिन्, ‘थारू समुदायको पुराना गीत संगीतलाई जोगाउन राज्य गम्भीर छैन ।’समुदाय नै संगठित नभएकाले थारू गीत संगीतमा राज्यको लगानी हुन नसकिरहेको उनले सुनाइन् । उनले भनिन्, ‘हिजो थरुहट नारा र सवाल बोकेर चुनाव जितेकाहरू आज मौलिक गीत संगीत र धर्म संस्कृतिलाई कुनै प्राथमिकता र लगानी गदैनन् ।’ थारू कलाकारलाई मात्र होइन सबै थारूलाई आफ्नो धर्म संस्कृति पोसाक प्यारो छ । तर हिन्दी नेपाली गीत संगीत र पोशाकको चेपुवामा थारू परम्परा हराउँदै गएको अर्का सहभागी बलिराम चौधरी बताउँछन् ।
उनले भने, ‘नयाँ पुस्ता संस्कृति जोगाउन आफ्नै लगानीमा एल्बम तथा युट्युब च्यानलमार्फत गीतहरू बनाइरहेका छन् । यसको संवर्द्धनका लागि राज्य पक्षबाट पनि सोचिनुपर्छ ।’हिन्दी, अंग्रेजी, नेपाली गीत संगीतको प्रभावले थारू गीत संगीत तथा भिडियोहरू छाडा हुन थालेको अगुवाहरूको चिन्ता छ । यसलाई रोक्न पनि पहल हुन जरुरी रहेको उनले बताए ।अन्तर्क्रियामा सहभागी जानकी गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले थारू कलाकारलाई गाउँपालिकाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने ठोस योजना नभएकोले समस्या भएको बताए ।
                (कान्तिपुर दैनिकबाट)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu