हमार सनेश ड्टकम,,
मोरङ := मोरङकाे सुन्दरहरैचा नगरपालिका -२, जोगियारेमा ग्राम देविदेवता,मन्दिर,मेला पुजाको अवसरमा बैशाख २९ गते तेस्रो जोगियारे सांगितिक कार्यक्रम आयोजना गर्ने तयारी भैईरहेको छ ।
जोगियारे युवा संजालको प्रमुख सक्रियतामा आयोजना हुन गैइरहेको उक्त कार्यक्रमको मुख्य आकर्षणमा राष्ट्रिय कलाकार श्रीकृष्ण लुइँटेल लगायत थारु समुदायका लोकप्रिय कलाकार देवकृष्ण बिश्वास,
आर.सि. चौधरी, सुनिरा चौधरी, आइडल सिंगर कृष्ण खवास, नोबेल मिस्टर एण्ड मिस थारु आइकनका मिस्टर ट्यालेन्टका बिजेता रजनिश चौधरी तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहनेछ ।
उक्त दिन दिनको २ बजे थान गाछिको प्राङ्गणमा कार्यक्रम संचालन हुनेछ भने कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्वसेवक टोली खटाईने र शान्ति सु-व्यवस्था कायम गर्न इलाका प्रहरी कार्यालय हरैंचा र सशस्त्र बेस क्याम्प डंग्राहाले सहयोग गर्ने संजालका अध्यक्ष नन्दु खवासले बताए ।