रेडियो बादल
रौतहट:= चैते धानको लागि पानी तान्ने क्रममा रौतहटको कटहरिया नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कटहरिया नगरपालिका वडा नम्वर ३ बिरतीप्रष्टोका टोलमा चैते धानको लागि पानी विद्युत जोड्ने क्रममा करेन्ट लागेर स्थानीय ४५ बर्षीय मौजिलाल राय यादवको मृत्यु भएको हो ।
करेण्ट लागेर घाईते भएका यादवलाई उपचारको लागि सामुदायिक अस्पताल कटहरियातर्फ लजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जानकारी दिएको छ।