कोल्हबी नगरपालिकाको वडा नम्बर.१ मा बिकास निर्माणको कार्य तिब्र रुपमा हुँदै ।

Friday, 24 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,,                                    
कोल्हबी:=कोल्हबी नगरपालिकाको मुटुको रुमपा अवस्थित वडा नम्बर.१ मा रहेका विभिन्न टोलहरुमा बिकास निर्माणका कार्यहरु तिब्र रुपमा अगाडी बढीरहेको छ । 


मनोकामना चौक देखि बभनी पनुहर टोल हुँदै ईलाका प्रशासन सम्म बीस लाखको बजेटसंगै सडकको स्तर उन्नति गरि ग्राबल गरि रोलर लगाउने  कामको शुरूवात तिब्र रुपमा भैईरहेकोले स्थानियवासी हर्षित भएको सोही वडा निवासी सञ्चारकर्मी धिरेन्द्र पनुहरले बताए । त्यस्तै उता पिपरिया टोलमा पनि सडक ढलान कार्य सम्पन्न भएको छ ।वडा नम्बर .१ कै अर्को टोल बटौलियामा पनि प्लाइ उड र काठको प्रयोग गरि नमुना चौतारी निर्माण सम्पन्न गरिएको छ । 

बिकास निर्माणमा तिब्रता संगै शुक्रबार कोल्हबी गाउँको ब्रहम टोलमा पाँच लाखको बजेटमा पचास मिटर चौडाइ सडक ढलानको उदघाटन वडा अध्यक्ष बिरेन्द्र चौधरीले गर्नु भएको छ। सो कार्यक्रममा वडा सदस्य अजय साह,महिला सदस्य बिन्दु चौधरी,ललिता राम,जन शक्ति क्लबका अध्यक्ष त्रियोगि राउत थारु,रामसेवक चौधरी,रामनाथ चौधरी लागाएतको विशेष उपस्थिति रहेको थियो ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu