क्यान्सर पिडित आनन्द चौधरीलाई उपचारको लागी कतारबाट आर्थिक सहयोग प्राप्त ।

Saturday, 25 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:=झुम्काका क्यान्सर पिडित आनन्द चौधरीलाई उपचारकालागी आर्थिक सहयोग जुट्न थालेको छ । रामधुनी वडा नं. १ का चौधरीलाई स्वास्थयको कामना गर्दै रामधुनी बचत समुह दोहा कतार च्याप्टरबाट उपचार खर्चकालागी रु ३५ हजार ४ सय ६० रुपैया सहयोग गरेको हो ।

कतारबाट पठाएको उपचार खर्च थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सिता थरुनीको समन्बयमा सुक्रवार पिडितकै घरमा गएर उन्को छोरी दक्षिणा चौधरीलाई हस्तान्तरण गरेको हो । चौधरी चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारत्त रहेको परिवारजनले जनाएको छ । बुधवार साझ मुख क्यान्सरको अपरेशन भएको उन्को छोरी दक्षिणा चौधरीले जाकारी दिईन् । पिडितको दुई छोरी र एक छोरा छन् ।


जिवन र मरणको दोसाधमा रहेको चौधरीलाई स्वस्थयको कामना गर्दै बिभिन्न संघ संस्थाहरुबाट पनि सहयोगकालागी दोहा कतार च्याप्टरका उपाध्यक्ष उपेन्द्र चौधरीले अनुरोध गरेको छ । सातसमुन्द्रपारी बिदेशमा दुःख भएतापनि आफ्नो ब्यथा बिर्सिएर स्वदेशमा रहेका पिडितहरुलाई सहयोग जुटाउदै आएकोमा महान धर्म कार्य भएको उत्थान समाजकी अध्यक्ष थरुनीले रकम हस्तान्तरण गर्दै भनिन् सहयोगी दाताहरुको परिवारमा भगवानले हरेक पक्षबाट सहयोग गर्ने कामना गरिन् । दोहा कतारबाट रामधुनी बचत समुहका सदस्यहरुले स्वईच्छा रकम संकलनगरी पिडितलाई सहयोग गरेको अध्यक्ष मनोज चौधरीले बताए । च्यापटरले यसभन्दा पहिले रामधुनी १ कै डुमैरिया टोलका आगलागी पिडित त्यसतै सिंगीयाका क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका थिए ।  

रकम हस्तान्तरणमा परिवारजनबाट उन्को छोरी दक्षिणा चौधरी,दिदि समतोलिया चौधरी,उत्थान समाजकी अध्यक्ष सिता थरुनी,कोषध्यक्ष आशा चौधरी,सदस्य सनम,मन्जु,गयाबती लगायतका समाजसेवि महिलाहरुको उपस्थिती रहेको थियो । 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu