थरुहट आन्दोलनका जिउँदा सहिद सन्जित महतोलाई साढे पाँच लाख सहयोग हस्तान्तरण ।

Sunday, 19 May 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान ड्टकम,,
चितवन:= थरुहट आन्दोलनका जिउँदा सहिदले चिनिएका चितवन रत्ननगर–७ सिसुवारका सन्जित महतोलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।सन्जितलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको ‘सन्जित महतो राहत कोष’ले शनिबार सौराहास्थित होटल पार्क इनमा एक कार्यक्रमकाबीच हिसाब सार्वजनिक गर्नुको साथै सहयोग स्वरुप संकलन भएको रकम हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी र राहत कोषका संयोजक शरदकुमार महतोले पाँच लाख ४७ हजार रुपैयाँ सन्जित महतोलाई हस्तान्तरण गरे।
सन्जितको सहयोगका लागि राहत कोषले गरेको सहयोग संकलनको सम्पूर्ण आम्दानी खर्च विवरण गरेका थिए । सन्जितको सहयोगका लागि राहत कोषले थारु चलचित्र च्यारिटी शो गर्नुको साथै सहयोग संकलन अभियान थालेको थियो । सो क्रममा देश तथा विदेशबाट सन्जितका लागि सहयोग जुटेको थियो ।संयोजक महतोले सन्जितलाई जिविकोपार्जनका लागि सहज होस् भन्ने उद्देश्यले २०७४ साउन २१ गते राहत कोष स्थापना गरेको जानकारी दिए । उनले राहत कोष समिति मार्फत नै सन्जितको खुट्टाको उपचार गरेको बताए । सन्जितको भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले निःशुल्क उपचार गरेको थियो । बैशाखीमा हिड्न समेत कठिन अवस्थामा रहेका सन्जित अहिले उपचार पछि बैशाखी विना नै सहज रुपमा हिडडुल गर्न सक्ने भएका छन् ।
११ वर्ष अघि २०६५ सालमा थरुहट आन्दोलनको क्रममा सौराहा चोकमा प्रहरीको गोली लागेर सन्जित घाईते भएका थिए । सरकारको तर्फबाट एक पटक मात्रै काठमाडौंमा उपचार गराएका सन्जित आर्थिक अभावका कारण उपचार गराउन सकेका थिएनन् । खुट्टाबाट निरन्तर फोहार पदार्थ बगेपछि उनी हिड्न नसक्ने अवस्थामा थिए । राहत कोषको पहलमा चिकित्सक प्रमोद लामिछानेले निःशुल्क उपचार गरेपछि अहिले सन्जित बैशाखी बिना नै हिडडुल गर्न सक्ने भएका छन् ।
सो क्रममा सन्जित महतोले आफ्नो उपचारमा खटिने सबैमा धन्यवाद ज्ञापन गरे । अहिले आफू बैशाखी बिना नै हिडडुल गर्न सक्ने भएकोमा खुशी व्यक्त गरे ।राहत कोषले सन्जितलाई सहज बसोबासका लागि घर निर्माणको प्रयास थालेको थियो । तर विभिन्न कारणले उनको तत्काल घर बनाउन नसकिएको संयोजक महतोले जानकारी दिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललित चौधरीले सन्जित महतोको सहयोगका लागि सबै मिलेर हातेमालो गर्दै अभियानको रुपमा अघि बढ्नुपर्ने बताए । उनले सन्जितको उपचारदेखि जिविकोपार्जनका लागि राहत कोषले गरेको कार्यको प्रशंसा गर्दै थाकसको तर्फबाट पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सन्जितको एक मात्र छोराको शिक्षाका लागि पनि सहयोगको लागि आवश्यक रहेको भन्दै सबै मिलेर सन्जितलाई सहयोग गर्नुपर्ने बताए । उनले ज्यूदो सहिदको रुपमा सन्जित रहेकोले राज्यले पनि उसलाई फरक किसिमले हेर्नुपर्ने बताए ।
रत्ननगर वडा नं.७ का अध्यक्ष लालबहादुर भट्ट (राजन)ले प्रदेश सरकारले ल्याउन लागेको घुम्ती पसल सहयोगको पहिलो प्राथमिकतामा ज्यूदो सहिदको रुपमा रहेको सन्जित महतोलाई राखिने प्रतिवद्धता जनाए । उनले महतोलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरे । उनले सार्वजनिक जग्गा भएकाले केही स्थानमा घर बनाउन समस्या भएकोले जग्गाको छनौट पछि सन्जितको घर बनाउन पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।सो क्रममा बोल्दै वडा नं.५ का अध्यक्ष कृष्ण महतोले थरुहट आन्दोलनलाई स्मरण गर्दै सन्जित महतोको सहयोगका लागि सबै जुट्नुपर्ने बताए । उनले पनि सन्जितको घर निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा थाकसकी पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, चिकित्कद्धय डा.प्रमोद लामिछाने, डा.बिएम खरेल, थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतो, थरुहट आन्दोलनका घाईते सन्जित महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम राहत कोषका संयोजक शरद कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो क्रममा ‘सन्जित महतो राहत कोष’ले एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक दम्पति डा.प्रमोद लामिछाने र डा.बिएम खरेललाई सम्मान गरेको छ । चिकित्सक दम्पति लामिछाने र खरेललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी र राहत कोषका संयोजक शरद कुमार महतोले चिकित्सक दम्पतिलाई सम्मान गरे ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu