राम अवतार चौधरी,,
कपिलवस्त:= कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा नतिजामुखी योजना तर्जुमा सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफको सहयोग र शिवराज नगरपालिकाद्धारा आयोजित कार्यक्रम विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कायम गर्न योजना तर्जुमा गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।
नतिजामुखि योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा युनिसेफका प्रमुख शंकर पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै अगामी बर्षको योजना बनाउँदा विपन्न गरिब, पिछडा, वर्गलाई समेतिएर शिक्षा, स्वास्थ्य लगायत सम्रग क्षेत्रालाई विकास गरे मात्रै असल समुदायको परिकल्पना गर्न सक्ने बताए । प्रमुख पौडेले भुक्म्प, हावाहुरी, बाढीपहिरो जस्ता जटिल परिस्थितिलाई स्मरण गर्दै अगामी दिनहरुमा आइपर्ने समस्यबाट जोगिनुका साथै नगरपालिका र गाउँपालिकाले तोकेको माप दन्द पुरा गरेर मात्र घर तहर निर्माण गर्न आग्रह गर्दै शिक्षा, स्वास्थ्यको पहुँचमा पु्याउन सके शिवराज नगरपालिका सचेत रहन समेत पौडेलले जानकरी गराए ।
त्यसैगरी शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले कार्यक्रममा बोल्दै यस नगरपालिकामा यस्तो कार्यक्रम आएको प्रंसशा गर्दै सो कार्यक्रमले आफ्नो नगर सक्ष्म र समृद्धि आउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा शिवराज नगरपालिका नगर कार्यपालिकाको नगर प्रमुख नेत्रराज अधिकारी लगायतका पदाधिकारीहरुको उपस्थिति, युनिसेफका प्रमुख शंकर पौडेलको विशेष प्रशिक्षण र नगरपालिका सामाजिक शाखा प्रमुख देव भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।