हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले अबैधानिक बिदेशी श्रमिकहरुलाई आममाफि दिई स्वदेश फर्काउने कार्यक्रम 'गुड फर ब्याकको' आजबाट प्रक्रिया शुरु भएको छ।
यस कार्यक्रमलाई प्रभावकारी र सहज बनाउन आज बिहानैबाट मलेसिया स्थित नेपाली जदुतावासले अबैधानिक नेपालीहरुको लागि निशुल्क फारम भर्ने कार्य छुटै डेक्सको ब्यबस्था गरि शुरु गरेको छ ।
स्वदेश फर्कने प्रक्रियाको लागि आज दुतावासमा ४५ जना आएका थिए । ३५ जनाले ट्राभल डकुमेन्ट बनाएका र ९ जनाले पासपोर्ट भएकोले प्रक्रियाको लागि दुतावासमा बुझाएका छन् ।
जसमध्ये एक जनाको भने भिषा समय अबधि बाकि रहेकोले यो कार्यक्रम अन्तर्गत स्वदेश फिर्ता हुन नपाउने भएकाछन् । उक्त ब्यक्तिको लागि श्रम शाखाले कम्पनी संग सम्पर्क गरि अावश्यक पहल कदमि गर्ने दुतावास श्राेतले जनाएकाे छ ।