थारु पत्रकारले थारु हकअधिकारको लागि मुद्दा उठाउनु पर्छ:- उप–प्रमुख तारवती थारु ।।

Monday, 12 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:-जिल्ला समन्वय समिती कपिलबस्तुका उपप्रमुख तारावती थारुले थारु पत्रकारले थारु  समुदायको हकअधिकार र पहिचानका मुदाहरुलाई सक्रिया रुपमा  मिडिया  मार्फत  उठाउन जोड दिनुपर्ने बताईन् । 

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ गजेहडा स्थित वि.पि स्मृति भवनमा भएको थारु पत्रकार सघं नेपाल शाखा कपिलबस्तुको तेस्रो अधिबेशन तथा साधारण सभालाई प्रमुख अतिथी थारुले सम्बोधन गर्दै उप–प्रमुख थारुले यस्तो बताएकी हुन् । बिभिन्न सघं संस्थासँग समन्वय र सहकार्यका साथअघि बढ्ना संस्थालाई सुझाब दिईन् । उनले आफ्नो तहबाट  थारु पत्रकारको क्षमता अभिबुद्धिका लागि सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरिन् ।
त्यस्तै सोही कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बिशिष्ट अतिथ्यताको असन बाट बोल्दै पत्रकार सघंले आफ्नो योजना लिएर आए नगरपालिकाबाट सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताए । 
यस्तै थारु कल्याणकरीणी सभाका केन्द्रीय सदस्य जञ्जीर प्रसाद थारुले थारु समुदायको भाषा र भेषभुषा बचाउनमा मिडियाको महत्वपुर्ण भुमिका रहेकोले थारु भाषाको पत्रिका बुद्ध सनेस सप्तहिकलाई पनि निरन्तरता दिनुपर्नेमा सदस्य थारुले जोड दिए ।


त्यसैगरी कार्यक्रममा थारु पत्रकार सघंका केन्द्रीय सदस्य कमल चौधरी, थारु कल्याणकरीणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारु, थारु जनकबि बम बहादुर थारु, बुद्ध दपर्णका प्रधान सम्पदक तथा कपिलबस्तु पत्रकार महासघंका उपाध्यक्ष पर्बती पाण्डे, थारु कल्याणकारी सभाका जिल्ला सह –सचिब राजेश थारु लगायतले आ–आफ्नो भनाई राख्दै अधिवेशनको सफलताको शुभकामना समेत दिएका थिए । थारु पत्रकार सघं नेपाल शाखा कपिलबस्तुका अध्यक्ष श्याम बहादुर थारुको अध्यक्षता तथा  शाखाका सचिव सरिता थारुको सञ्चालन र सदस्य सिर्जना थारुको स्वागत मन्तव्यमा कार्यक्रम सपन्न भएको थियो ।
अधिवेशनबाट पुनः श्याम सिटीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिती गठन ।।

यसैबीच थारु पत्रकार सघं नेपाल शाखा कपिलबस्तुको तेस्रो अधिवेशनबाट पुनः श्याम (सिटी) बहादुर थारु अध्यक्षमा १३ सदस्यीय नयाँ कार्य समिती  निर्विरोध चयन  भएको छ । जसको उपाध्यक्षमा शिवराज एफ एमका राम अवतार चौधरी थारु, सचिवमा बुद्ध आवाजबाट सरिता थारु, सह सचिवमा बिजयनगर एफ एमकी सोनकुमारी थारु, कोषाध्यक्षमा मायादेबी एफ एमकी  सरिता थारु र सदस्यमा क्रमश माया थारु, सिर्जना थारु, रमेश थारु, संजय कुमार थारु, अनिल थारु, हेमन्त थारु, लक्ष्मी थारु, बन्दना थारु कार्य समितिमा निर्विरोध चयान भएका छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu