२५औं आदिवासी दिवस सम्पन्न / आदिवासीको अधिकार कटौती गर्नु सरकारको भुल :- राजदुत पाण्डे

Monday, 12 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
क्वालालम्पुर (मलेसिया):= नेपाल आदिवासी जनजाति महासंघ रास्ट्रीय समन्वय समिती मलेशियाले आयोजना गरेको २५ औं बिश्व आदिवासी जनजाति दिवस तथा बार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ।

नेपाली राजदुतावास मलेशियाको सभाहलमा आईतवार दिउँसो १ बजे बाट कार्यक्रम लाई औपचारिक रुपमा सुरुवात गरिएको थियो।उक्त कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत उदय राज पाण्डे रहनु भएको थियो। विशेष अतिथिमा गैर आवासीय नेपाली संघ मलेशियाका महासचिव सुन्दर आले मगर  थिए।कार्यक्रमका सभापति संघका कार्यबाहक अध्यक्ष खेम मगर रहनु भएको थियो। कार्यक्रममा मलेशियामा गठित राजनीतिक दल अन्तर्गतका अन्तरास्ट्रिय बिभागका प्रतिनिधि,जातिय सस्था र सामाजिक सस्थाका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको थियो।

नेपाल अादिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का उपाध्यक्ष दिप खादी लिम्बूको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा   कार्यक्रमको औचित्य र आदिवासी जनजाति बारे जीवन देवान गाउलेले मन्तव्यका क्रममा प्रस्ट्याए।सुभकामना दिदै मन्तव्यको क्रममा विभिन्न संघ सस्था बाट प्रतिनिधित्व गरि आसिन अतिथिहरुले आदिवासी जनजाति आन्दोलनलाई दमन र निष्क्रिय गर्न खोज्नु सरकारको गम्भीर भुल गरिरहेको बताएका छन।भौगोलिक हिसाबले नेपालका जुनसुकै क्षेत्र विशेषमा बसोबास गर्ने समुदाय लाई भाषिक,सास्कृतिक र सामाजिक अधिकार बाट बन्चित नगरी मुख्य माग र मुद्दा  प्रती राज्यले शान्तिको विकल्प खोज्नुपर्ने प्राय सबै वक्ताहरुले बताएका छन।

सो कार्यक्रमको सोभा बढाउन र कार्यक्रममा उपस्थित दर्शकहरु लाई थप मनोरञ्जन दिन स्थानीय कलकारहरुले आ-आफ्नै भेष भुसामा सजिएर मौलिक,जातिय पहिचान झल्किने गितहरुमा नृत्य प्रस्तुत गरेका थिए भने सो कार्यक्रम लाई ईश्वर राइले सन्चालन गरेका थिए।
-प्रमुख अतिथि :उदयराज पाण्डे ज्युले दिनु भएको मन्तव्य

२५ औं आदिवासी दिवस समारोह बोल्दै मलेशियाका लागि राजदुत पाण्डेले नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने जुनसुकै समुदायले भाषिक,सामाजिक र सास्कृतिक अधिकार पाउनुपर्ने धाराणा व्यक्त गर्नुभएको छ।हाल सम्मका राजनीतिक उपलब्धि र राज्य बिकास निर्माणमा नेपालका आदिवासी जनजातिहरुको अतुलनीय योगदान र भुमिका रहेको स्मरण गराउदै माग मुद्दा र सामुदायिक असन्तुष्टता लाई सरकारले सम्बाद बाटनै हल खोज्नुपर्ने बताए।
यसो नगरे मुलुकको समृद्धि,बिकास र शान्ति स्थायित्वमा गम्भीर आच आउन सक्ने धाराणा व्यक्त गर्नुभएको छ।साथै मलेशियाको सन्दर्भमा नेपालि श्रमिकहरु जो अबैधानिक तवरमा बसिरहेका छन।त्यस्ता कागजात बिहिन काम गरिरहेका मजदुरहरु लाई मलेशिया सरकारले दिएको सुबिधा र अवसरको उपयोग गर्दै तत्काल स्वदेश फर्कन समेत अपिल गर्नु भएको छ।

उक्त घरफिर्तिका निमित्त कुनै दलालको साहारा लिन नपर्ने र घर फर्कन चाहाने नेपालिहरुले आवस्यक कागजातका निमित्त सिधै राजदुतावासमा सम्पर्क गर्न आग्रह गर्दै मलेशियाका अध्यगमन कार्यलय सम्म दुताबासकै रोहबरमा पुर्याइने जानकारी दिएका छन।
फोटो क्रेडिट :- कृष्ण गुप्ता 








Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu