राम अवतार चौधरी,,
बुटवल:= नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको २० औं स्थापना दिवसमा पत्रकार कमल चौधरीलाई सम्मानित हुनुभएको छ ।
पत्रकारीतामा रुपन्देही जिल्लालाई कर्मथलो बनाई विगत एक दशक देखि निरन्तर रुपमा आदिवासी जनजाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि पत्रकारीताको माध्यमबाट पु¥याएको योगदानको मुल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको हो ।
पत्रकार चौधरी निरन्तर रुपमा आदिवासी जनजाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागि विभिन्न मिडियमा आवद्ध भएर शसक्त रुपले कलम चलाउदै आईरहनु भएको छ । आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय पार्सद् तथा थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका चौधरी बुटवलबाट प्रकाशित संघीय एक्सप्रेस अर्धसप्ताहिक पत्रिकामा सह–सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँ संगै विगत लामो समय देखि मोफसलको राजधानी रुपन्देहीमा पत्रकारीता गर्दै आउनुभएका आग्रज पत्रकारहरु मिलन गाहा, टेक मास्की, लोकनेश ढेंगा मगरलाई समेत प्रमुख अतिथि प्रदेश नं. ५ सभा सदस्य माननीय वीर बहादुर रानाले दोसल्ला ओडाएर कदर पत्र द्वारा सम्मानित गर्नुभएको हो ।
त्यस्तै वितग लामो समय देखि निरन्तर रुपबाट फोनिज स्थापना दिवासको अवसरमा प्रदान गर्दै आईरहेको स्व. देवपाटा स्मृति पत्रकारिता पुरस्कार यस बार्ष साहित्य तथा स्तम्भ लेखक नरजङ्ग गुरुङ्ग सम्मानित हुनुभएको छ ।
जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका जिल्ला अध्यक्ष सनु थापाको अध्यक्षता तथा उपाध्यक्ष दिपुमगरको संचालनमा सोमबार सम्पन्न उक्त ‘संंवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरसंवाद तथा सम्मान कार्यक्रम यस बर्ष रुपन्देहीमा यी पाँच जना पत्रकारहरुलाई सम्मान गरिएको हो ।