शिवराज सहकारी द्वारा आयोजना गरिएको तिज विशेष कार्यक्रम सम्पन्न ।

Friday, 30 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ।कपिलवस्तु शिवराज नगरपालिका वर्ड न–३, खरेन्द्रपुर स्थित सुपा देउराली मन्दिरमा कार्यक्रम सम्पन्न गरेको हो । 

समाजसेवी तथा प्रमुख अतिथी रहनु भएको केरसिङ अदैले कार्यक्रमलाई संबोधन गर्दै शिवराज सहकारीले विगत ३÷४ वर्षको अवधिमा निकै राम्रो फड्को मारेका उहाँ बताउनुभयो । समाजसेवी अदै शिवराज नगरपालिका भित्र नै कृषि क्षेत्रमा अगाडी रहेको जिकीर गर्दै स्थानिय स्तरमा कृषि क्षेत्रमा युवाहरुलाई लाग्न उत्प्रेरित गरि रोजगारीका अवसरहरु सिर्जना गरेको दावी गर्नुभयो ।
यसैगरी शिवराज कृषि सहकारीमा हाल सम्म १ सय ५७ जना शेयर सदस्यहरु रहेको बताउँदै सबैको साथ निकै नै उल्लेखनिय रहेकोले छोटो समयमा कृषकहरुको मन जित्ना सफल भएको सचिव नारायण खनालले बताउनुभयो । 
साथै हाल सालै  प्रदेश सरकारबाट थ्रेसर र घाँस काट्ने मेसिन (चापाकट्र मेसिन) अनुदान पाएकोले कृषिमा थप ऊर्जा थप्पिएको र अगामी समयमा थप अनुदान स्थानिय सरकारबाट पनि प्रदान हुने आशा गर्दै कृषि क्षेत्रमा बढी भन्दा बढी लगानी गरिदिन सरकारलाई आग्रह समेत शिवराज कृषि सहकारीले गरेको छ ।

उक्त कार्यक्रम रामी कुमारी केसीकी अध्यक्षता, समाजसेवी केरसिङ अदैको प्रमुख आतिथ्यिता, प्रकाश बराल लगायतको आतिथ्यता, शेयर सदस्यहरुको सहभागिता तथा  इन्द्रकला खनालको स्वगत मन्तब्य र विनिता अदैको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu