घेदुङ मलेसियाको आयोजनामा, तामाङ कलाकार संघको सहकार्यमा सोनाम ल्होछार मनाउने तयारी ।

Monday, 25 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,,
क्वालालम्पुर (मलेसिया):= नेपाल तामाङ घेदुङ मलेसियाले पहिलो ऎतिहासिक अधिवेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं जिवा ल्हो (मुसा वर्ग) को पावन अवसरमा घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघको सहकार्यमा सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।

आगामी २०२० जनवरी २५ तारिख शनिबार चाईनिज न्यु ईयरको दिन क्वालालम्पुर स्थित एरिना स्टार होटेलको प्राङ्गणमा ल्होछार बृहत रुपमा मनाउने तयारी गरिदैछ्न ।
“संसार भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौं हाम्रो भाषा,धर्म,र संस्कृतिको जगेर्ना गरौं” भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना भएको तामाङ समाज मलेसियाको तत्कालीन गत जुन २१ मा नेपाल तामाङ घेदुङ मलेसिया एकीकृत भए पश्चात तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सदा झै यसपालि पनि आयोजना गर्न लागिएको हो ।

उक्त कार्यक्रम नेपालको राष्ट्रिय तामाङ कलाकारहरु फुल कुमार बोम्जन तामाङ, बिमला थिङ तामाङ,आरम्भ थोकर तामाङ सिर्जना स्याङतान तामाङ तथा मोडेल/डान्सर निरञ्जली थोकर तामाङ र साथमा स्थानीय कलाकार हरुको पनि बेजोड प्रस्तुतिमा मनोरञ्जन गर्दै मनाउने तय भएको छ। कार्यक्रममा मलेसिया भरि छरिएर रहनुभएका आम तामाङ तथा गैर तामाङ समुदाय हरुलाई लक्षित गरी टिकेट बिना नै फ्रि मा कार्यक्रम स्थलमा प्रवेश गराउँने नेपाल तामाङ घेदुङ मलेसियाको अध्यक्ष राजेन्द्र वाइबा तामाङले आईतवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराए। 

आगामी नयाँ बर्ष २०२० को अवसरमा चाईनिज न्यु ईयरको छुट्टिको सदुपयोग गर्दै मलेसियामा रहेका विभिन्न जातिय समाजिक , राजनितीक संघसंस्थाले हरेक बर्ष झै यसबर्ष पनि साँँन्स्कृतिक,मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्ने तयारी गरिरहेका छ्न ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu