मलेसियाको टप-ग्लोब कम्पनीमा काम गर्ने नेपाली कामदारको मृत्यु ।

Sunday, 1 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आरएन चौधरी थारु/कृष्ण गुप्ता,,
क्वालालम्पुर (मलेसिया):= मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असमायिक दु:खद निधन भएको छ।

मलेसियाको सेलाङ्गर,बान्तिङमा अवस्थित एफ – १८ टप-ग्लोबमा प्याकिङ डिपार्टमेन्टमा सुपरभाइजर पदमा बिगत ८ बर्ष देखी कार्यरत धरान निवासी,अन्दाजी बत्तीस बर्षिय सुन्दर क्ष्रेष्ठको आईतवार बिहान ड्युटी जाने समयमा मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजित थापाले जानकारी गराउनु भयो।
     
जानकारी अनुसार खासमा मृतक सुन्दर बिहान उठेर सद्दाझै ड्युटी जानको लागी तयारी अवस्थामा रहेको थियो तर एकैछिनमा अच्चानक छाती दुख्यो भनेर ओछ्यानमा लड्न पुगेका थिए , केही समय पश्चात् कम्पनीको गाडी आएर सुन्दरलाई उपचारको लागी अस्पताल लग्ने क्रममा बिच बाटोमै मृत्यु भएको र अहिले मृतकको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा नै लगिएको थापाले बताउनु भयो।


केही समययता मलेसियामा विभिन्न कारणले नेपाली श्रमिकहरुको मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गैईरहेको छ , तर मलेसियामा नेपाली कामदारको स्वास्थ्य अवस्थाको बिषय बारे नेपाली राजदुतावास र सम्बन्धित निकाय,सरोकारवालाहरु केही विशेष कदम चाल्न सकेका छैनन् ।
Share this article :
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu