मलेसियामा कम्पनीमा काम गर्ने क्रममा एक नेपालीको हात काटियो ।

Wednesday, 27 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आरएन चौधरी थारु ,,
क्वालालम्पुर (मलेसिया):= नेपालीको लागी रोजगारीको निम्ति प्रमुख गन्तव्य मलेसिया मानिन्छन् तर मलेसियामै दिनप्रतिदिन विभिन्न किसिमको दुर्घटना हुने गरेका छ्न । र ती दुर्घटनाहरुमा परेर कैयौं नेपालीहरुले आकालमै ज्यान गुमाउनु परिरहेको छ्न भने कैयौं अपांग भएर घर फर्किरहेका छ्न भने कतिपय नेपालीहरु त उपचारको अभावमा अस्पतालको सैयामा छ्टपटाई रहेका छ्न भने कतिपय नेपाली राजदुतावास मलेसिया र विभिन्न समाजिक संघसंस्थाहरुको सहयोग सहकार्यमा स्वदेश फर्किसकेको र फर्कीरहेको अवस्थामा छ्न ।
दुर्घटनाकै क्रममा पुनः एक नेपाली मेसिन दुर्घटनामा परेर सशक्त घाईते भएका छ्न ।मल्लाका राज्यमा अवस्थित वाई.एच.आई.(YHi) कम्पनीमा कार्यरत एक नेपाली कामदार मेसिन दुर्घटनामा परि हात काटिएर गम्भीर घाईते भएको थियो ।
नेपाल् ठेगाना बारा जिल्ला कलैया-२२ ब्रहम्पुरी घर भएका दिपक साहकाे सोमबार राती ११:३० बजे कम्पनीमा काम गर्ने क्रममा नै  मेसिनमा हात च्यापिएर दुर्घटना भई उनका दाहिने हात पुरै काटिएको सोही कम्पनीमा कार्यरत एक कामदारले नाम नखुलाउने सर्तमा जानकारी गराए ।

हाल घाईते साहकाे उपचार स्थानीय अस्पतालमा कम्पनीको सहयोग र निगरानीमा भईरहेकाे छ । अस्पतालको डाक्टरकाे भनाई अनुसार  अपरेसन उपचार सफल भएकाे छ तर शरीरबाट बढी रगत बगेकाे कारण घाईते साह लामो समय देखी बेहोसीको हालतमा रहेको थियो , अहिले होसमा आईसकेको जानकारी प्राप्त भएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu