दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. ४ मा रहेको चौधरीको घरमा कोही नभएका बेला बाहिरी गेट र घरको ढोकाको ताला फोडेर चोरी भएको हो ।
उनका आफन्त सोमबार सचेतकको घरमा पुग्दा गेटको ताला फोडिएको देखेपछि चोरी भएको पत्ता लागेको हो। घर भित्र दराजहरुको ताला फोडेर सर-सामान छरपष्ट अवस्थामा पाइएको,यत्रतत्र फालिएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले सञ्चारकर्मीहरुलाई बताए।
‘घरमा बहुमुल्य सामान केही भएको जस्तो देखिएन, त्यसकारण त्यति धेरै क्षति भएको देखिएन’ प्रवक्ता शाहले भने ‘सचेतक चौधरी चुनावको मतगणना सकिए लगत्तै काठमाडौं गएकाले घरमा कोही नभएको मौका छोपी चोरी गरिएको हो।