गायक नरेश जोगीको ‘पहाडी बठिनीया’ बोलको थारु गीतमा पल र बर्षाको अभिनय ।

Friday, 10 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं:= नेपाली म्यूजिक भिडियोमा जमिरहेका नाम हुन्, पल शाह र वर्षा राउत। दुवै फिल्ममा पनि अभिनय गर्छन्। तर, फिल्ममाभन्दा बढी म्यूजिक भिडियो खेल्छन्।


थुप्रै नेपाली गीतमा मोडलिङ गरिसकेका पल र वर्षाले बुधबार एउटा थारु गीतमा अभिनय गरेका छन्। गायक नरेश जोगी र गायिका कामना प्रसाईको ‘पहाडी बठिनीया’ बोलको थारु गीतमा उनीहरुले अभिनय गरेका हुन्। नेपाललाइभलाई प्राप्त सुटिङको तस्बिरमा पल र  वर्षा थारु पहिरनमा उत्साहित देखिन्छन्।


नरेशकै शब्द  र संगीत रहेको यो गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्। अर्जुन तिवारीले खिचेको गीतको सुटिङ बुधबार राती सकिएको थियो। ‘गीतमा थारु संस्कृति र पुराना गोरुगाडाको पनि प्रयोग गरिएको छ। थारु गीतमा पल र वर्षाको जोडी देख्दा दर्शकले नयाँ स्वाद महसुस गर्नुहुनेछ,’ गायक जोगीले भने। गीत माघ अगावै सार्वजनिक गर्ने तयारी रहेको समेत उनले जानकारी  दिए।

(साभार : नेपाल् लाईभ बाट )

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu