बारा जिल्लाका प्रभु चौधरीले मलेसियामा झुन्डिएर गरे आत्महत्या ।

Saturday, 11 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आरएन चौधरी थारु ,,
क्वालालम्पुर(मलेसिया ):= शुक्रवार राती मलेसियामा कार्यरत नेपाली कामदार पासो लगाई झुन्डिएर आत्महत्या  गरेका छ्न।
मलेसियाको (Selangor jalan meru klang sentral) स्थित जिटि कम्पनी (GT company) मा कार्यरत बारा निवासी प्रभु चौधरीले आत्माहत्या गरेका हुन ।

बारा जिल्ला बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपाथरा गाउँमा बस्ने बरेन्द्र चौधरीको छोरा प्रभु चौधरी एक महिना पहिले मात्र छुट्टिमा घर गएर पुनः मलेसिया काममा फर्केका थिए ।

खबर अनुसार एकजना नेपालकै युवतीसंग बिगत लामो समयदेखी प्रेम सम्बन्धमा रहेका चौधरी रातीको समयमा धेरै बेर सम्म नेपालमा बसोबास गरिरहेका एक जना साथीसंग फोनमा कुरा गरिरहेको बेला आफु धेरै तनाव (टेन्सन) मा रहेको बताएका थिए ।
मानसिक तनाब (डिप्रेसन) कै कारणले चौधरी अच्चानक झुन्डिएर आत्महत्या गर्न पुगेको हुन सक्ने 
आशँँका गरिएको छ ।

शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पताल लैजाने तयारी भईरहेको छ। पोस्टमार्टम काम सकिएपछि कम्पनी र नेपाली दूतावासको सहकार्यमा मृतकको शवलाई नेपाल पठाईनेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu