(लेखक : विनय वैद्य )
विभिन्नकथाहरु पढ्दा सुन्दा एउटै कुरामनमा खेलीरहन्थ्यो कि यीकथाहरुमा जस्तै चमत्कार साँच्चीकै जीवनमाकहिले देख्न, सुन्न र भोग्नपाइएलाअ ? यस्तो चमत्कारको प्रतिक्षागर्दा गर्दै आफ्नै आँखाअगाडी भइरहेका चमत्कारहरु नदेखेको महसुस भयो । यस्तो महसुस नहोस पनि कसरी नेपालको राजनीतिमादिनदिनै, छिन छिमै चमत्कारहरु भइरहेका हुन्छ । यो चमत्कारी तथ्यअलिकती राजनीतिकचासो बढेसँगै थाहापाए रोचकलाग्यो र यसो कोर्न मन पनिलाग्यो ।
नेपालमा राणा विरोधीआन्दोलनबाट जनताको संलग्नता र सहभागीतामाआन्दोलनको सुरुवातभएको देखिन्छ । विभिन्न साना–ठूला आन्दोलनहरुको जगमा २०४७ सालमापुनः नेपालमाप्रजातन्त्रको स्थापनाभयो । प्रजातन्त्रको स्थापना सँगै नेपालीजनताले सांस्कृतिक समुदायिक र जातीयपहिचानको लागिआन्दोलनको थालनी गरे । यहिपहिचानको राजनीतिको जगमा १० वर्ष नेपालमा सशस्त्रद्वन्द्व समेत भयो । विभिन्न पछाडी परिएकाजातजातिर गरिब जनतापहुँच र पहिचान सुनिश्चितगर्ने भन्दै सुरु भएको तत्कालीन नेकपा (माओवादी) को आन्दोलन आज नेकपाहुँदै सरकारको नेतृत्वगर्ने सबै भन्दा ठूलो दल बनेको छ ।
तत्कालीननेकपा (माओवादी) ले उठाए पहिचानका मु्द्धाहरु अहिले विर्सी सकेका छन् । मुद्धा उठाउने, जनताको समर्थन पाउने र बिर्सिने राजनीतिकदलहरुको चमत्कार त दिनदिनै देख्न पाइएकै छ । तर पहिचानका मुद्धाहरुमा स्वयं पछाडी पारिएकाजातजाति र समुदायपनिचमत्कारीक रुपमा सबै कुरा भुलेका त छैन कि भन्ने विषय वस्तु महत्वपूर्ण चासोको विषयहो ।
यसै सन्दर्भमा हेर्दै जाँदा २०७२ भाद्र ७ र ८ गते कैलालीको टिकापुरमापहिचान र परिवर्तनकै लागिआन्दोलन हुँदा के कस्ता घटनाहरु भए र ति घटनाहरुलाई ककसले कुनकुन ढंगले विश्लेषण गरे त्यो कुरा भनेर र लेखेर सम्भव छैन । तर संक्षेपमाके देखिसक्यो भने आन्दोलनको क्रममाभएका घटना अराजक र राज्यको संरक्षामाभएको गतिविधिप्रशंसनियभएकोविश्लेषण विद्वानहरुकामुखार विन्दुबाट सुन्न पाइयो । यो विश्लेषणको चमत्कार त सामान्य नै थियो तर यो भन्दाअर्को ठूलो चमत्कार त त्यति बेलाभयो जब उक्तथारुहरु आन्दोलनकाप्रमुख नेतृत्वकर्ताहरु सरकारमापुगे र घटनाको दिन घटना स्थलमै नभएको रेशमचौधरीलाई मुख्यअभियुक्तबनाएर राज्यले मुद्धा चलायो । यस घटनालाई आधार बनाएर रेशमचौधरीले निर्वाशन समेत बस्नु प¥यो । २०७४ सालको आमनिर्वाचनमा स्वयं रेशमचौधरी घटना भएकै क्षेत्रमाप्रतिनिधि सभा सदस्यकालागिउम्मेदवार भए र उक्त क्षेत्रमाजनताले चमत्कारीक रुपमा रेशमचौधरी निर्दोष भएको प्रमाण स्वरुपअत्याधीकबहुमतले प्रतिनिधि सभा सदस्यमानिर्वाचित गराए । यो तथ्य राज्य र राज्यकापहुँचमा रहेकाव्यक्तिहरुकालागिभने कुनै चमत्कारीक थिएन ।
उक्तटिकापुर घटनामा तत्कालीनएकिकृत नेकपा (माओवादी), राष्ट्रिय जनता पार्टी र स्वयंथारुहरु आन्दोलनका नेतृत्वकर्ताहरुलेघटनाको जिम्मेवारीलिएपनिचमत्कारीक रुपमा सरकारले अर्को चमत्कार ग¥यो जहाँ कारागारमा रहेका रेशमचौधरीलाई संघिय संसदको शपथग्रहणले पुनःआमजनता र थारु समुदायमान्यायको दियो बलेको भएपनिखासै उपलब्धी केहीभएको छैन । यसै क्रममा राष्ट्रिय जनतादलले अर्कोचमत्कार ग¥यो । राजपाकानेताहरु आपूmलाई आन्दोलनमा रहेको र थुना रहेका आफ्ना नेताकार्यकर्ताहरुलाई न्यायदिलाउने वाचागर्दै प्रदेश नं. २ बाट राष्ट्रिय सभा सदस्यको २ सिट प्राप्तगर्न सरकारसँग सम्झौता गरे र आफ्ना जेलमा रहेका नेताकार्यकर्ताहरुको सबै पिडा बिर्सि छिटै राजपा सरकारमा सहभागीभएर अर्को चमत्कार नगर्ला भनेर भन्न सकिँदैन ।
एकातिर आन्दोलनको भारमा नेपालीजनताहरु पिडा भोगी रहेका छन् । जेलमा रहेका नेताकार्यकर्ताहरु बिरामीभएर अस्पतालमा उपचारका लागिपुग्दा समेत फलामे संगालो बेरिएर बस्नु परेको छ भने मुख्य नेतृत्वकर्ताहरु भने चमत्कार माथिचमत्कार गर्दै राज्यको श्रोतहरुको भरपुर दोहनगर्दैछन् ।
भर्खरै सम्पन्नथारुहरुको महानपर्व एवं नयाँवर्षको रुपमामनाइने माघी पर्वको अवसरमा सत्ताको नेतृत्व गरेको दल नेकपाकाअध्यक्षपुष्पकमलदाहाल‘प्रचण्ड’ ले चाँडै रेशमचौधरीलाई जेल मुक्त गराउने भन्दै चमत्कारीक भाषण समेत गरे । यतिमात्रै नभएर प्रचण्डले जनयुद्धका क्रममापाँचहजार जनाको ज्यानतत्कालीननेकपा (माओवादी) को तर्फबाट भएको र उक्त सम्पूर्णको जिम्मेवारी समेत आपूmले लिने चमत्कारीक घोषणा गरे । यो सबै विषय वस्तुको पछाडीको मुख्यचमत्कार के रह्यो भने सारा हत्याहिँसाकाजिम्मेवारी लिनहरु सरकार र सत्तामा छन् भने झुटो आरोपमा सामान्यव्यक्तिहरु जेल जीवनबिताइ रहेका छन्।
प्रचण्डको उक्त भाषण पछि थारुहरुले १५ दिने अल्टीमेटम दिँदै पुनःआन्दोलनको घोषणा गर्दा अर्का चमत्कार भए जस्तो लागे पनिउक्तचमत्कार विभिन्न चरणमा राज्य सँग वार्ता र सम्झौतागर्ने प्रयास र निष्कर्ष विहितवार्ताहरुको परिणाम हो । थारुहरुको पहिचान र पहुँचकालागिहुने गरेका आन्दोलनहरुमा सम्पूर्ण थारु कलाकारहरुको सहभागीताको लागिथारु कलाकार मञ्चको अध्यक्षको हैसियतले विनम्र अनुरोध गर्दछु र निरन्तर रुपमाआन्दोलनमा समर्पित हुने विश्वास समेत दिलाउन चाहन्छु । अन्त्यमापहिचानको आन्दोलन कसैलाई सिद्याउन र कसैे सत्ताको सिँडी चढ्नको लागिप्रयोग नहोस् भनि सम्पूर्ण आमथारु समु्दायलाई सचेत बन्न समेत आग्रहगर्न चाहन्छु ।
[ लेखक : विनय वैद्य / अध्यक्ष , राष्ट्रिय थारु कलाकार मञ्च
केन्द्रिय कार्यालय, काठमाडौँ । ]