क्वालालम्पुर (मलेसिया):= मलेसियामा चाइनिज नयाँ बर्षको अवसर पारेर नेपालका चर्चित कलाकार प्रमोद खरेल , अन्जु कुश्मी थारु(फुल कुमारी) , एलिना रायमाझी , बिबेक लामा , राम जि खाँड सहितको १३ औं रिमिक्स धमाका पञ्चोर बातुपहाड मलेसियामा आईतवारको दिन भब्यरूपमा सम्पन्न भएको छ ।
रिमिक्स धमाकाले विगत २००७ देखि मलेसियाका विभिन्न शहर र स्थानहरुमा रहेका नेपालीलाई नेपाली चर्चित कलाकारहरु ल्याएर नेपाली श्रमिक,ब्यवशायी लगायतकोलाई मनोरञ्जन दिंदैे आइरहेको छ । चाइनिज नयाँ बर्षमा लामो विदा हुने भएकाले मलेसियाका विभिन्न स्थानमा कार्यक्रम हुँदैछ । त्यस्तै, २७ जनवरीमा चेम्मेर्लाङ जोहोरबारु र २८ जनवरीमा होटल ग्राण्ड कन्टिनेन्टल क्वालालम्पुर मलेसियामा(vip)सो को साथमा भब्यताका साथ सो कार्यक्रम हुँदैछ । आयोजक भन्छन( ‘आफुलाई पायक पर्ने स्थानमा सम्पुर्ण नेपालीहरुलाई रिमिक्स धमाका कार्यक्रममा पाल्नु भई यो अवसरको भरपुर सदुपयोग गर्नुहुन अनुरोध छ’।
‘यस पटकको रिमिक्स धमाका कार्यक्रमलाई हामीले अघिल्लो वर्षको भन्दा धेरै व्यवस्थित र धमकेदार बनाएका छौं’ आयोजक राजेश श्रेष्ठले जानकारी गराए अनुसार ‘ पहिलेको भन्दा पनि यसपालि को बातुपहाडको कार्यक्रम विशेष र भब्य रूपमा सम्पन्न भयो, सबै कलाकारहरूको सुन्दर प्रस्तुतीले उपस्थित सबै नेपालीले भरपुर मनोरन्जन लिन पाएका थिए ।’ यस बर्ष नेपालबाट समावेशी हिसावले कलाकारहरुलाइ निमन्त्रणा गरिएको थियो । मलेसियामा १२ वटा रिमिक्स धमाका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको आयोजकले १३ औं रिमिक्स धमाका गरेर यो बर्ष मलेसियामा रहेका नेपालीलाई भरपुर मनारेरञ्जन प्रदान गर्ने लक्ष्य राखेको छ्न।
कार्यक्रममा मलेसियालाई कर्मथलो बनाएका स्थानीय कलाकारहरुको पनि सक्रिय सहभागिता रहने छ । आयोजक श्रेष्ठ भन्छन्–‘स्टेज शो किङ प्रमोद खरेलको बेजोड प्रस्तुति रहेको थियो भने लोक संगीतका धरोहर रामजी खाँडको समय सापेक्ष दोहोरी, त्यसै गरि बिबेक लामाको विशेष प्रस्तुतिको साथै मैथिली, भोजपुरी, थारुलगायतका समुदायलाई समेट्न अन्जु कुश्मी (फुल कुमारी) को विशेष प्रस्तुति र नेपाली चलचित्र जगतकी उदयीमान नायिका एलिना रायमाझीको धमकेदार प्रस्तुति रहेको थियो ।