मलेसियामा गाडी दुर्घटना भैइ दुई जना नेपालीको मृत्यु।

Thursday 9 January 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

क्वालालम्पुर (मलेसिया):= मलेसियाको क्वालालम्पुर स्थित अन्तर्राष्ट्रिय एयरपोर्ट जाने राजमार्गमा गाडी दुर्घटना भएर दुई जना नेपालीको मृत्यु भएको छ ।

                     [ मृृृतक : राजु ]

                        [ मृृृतक : रमेेेश ]

दोलखा जिल्ला घर भएका तर पछिल्लो समय काठमाडौंमा घर बनाई बसोबास गर्दै आईरहेका राज कुमार क्ष्रेष्ठ(राजु) र सुर्खेत जिल्ला निवासी रमेश पोख्रेलको स्थानीय समय अनुसार बिहिवार बिहान ०५:३० बजे दुई वटा गाडी एकआपसमा ठोकिएर मृत्यु भएको घटना बारे बुझ्न घटना स्थलमा पुगेका समाजसेवी ब्यावसायी फुर्वा दोर्जे मोक्तान तामाङले जानकारी गराउनु भयो।

मलेसिया स्थित निलाई भन्ने ठाउँमा गाैरि शंकर रेष्टुरेन्ट,क्यान्टिन सञ्चालन गर्दै आएका गाडीमा सवार राजु श्रेष्ठ र रमेश पाेखरेल बिहान करिब ०५:३० बजे कम्पनिमा काम गर्ने कामदारहरुलाई खाना पुर्याउन जाने क्रममा बिपरित दिशाबाट आएको लोरिले ठक्कर दिदा घटना स्थलमै दुई जनाको ठाउँको ठाउँ मृत्यु भएको हो।

मृतकहरूकाे शव अहिले पुत्राजाया स्थित अस्पतालमा पाेष्टमार्टमकाे लागि लगिएको छ। हाल शवको पोष्ट्मार्टम भैईरहेको जानकारी प्राप्त भएको छ ।
राजु बिगत ७,८ बर्ष देखी मलेसियामा रेष्टुरेन्ट ब्यावशाय गर्दै आएका थिए ।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu