क्वालालम्पुर (मलेसिया ):= नेपालमा मृगौला पीडितको संख्या दिनानुदिन बढ्दो क्रममा छ्न । बारम्बार मृगौला पीडितको नाममा देश बिदेश बाट आर्थिक संङकलन गरि सहयोग गरेको खबर समाचारमा हेर्ने गर्दछौं ।
त्यस्तै पीडामा यतिबेला छ्टपटाईरहेकी छिन २४ बर्षिय युवती मनिषा गुरुङ । साबिक कास्की जिल्ला शिल्दुजुरे गाविस वडा नम्बर ६ थाक हालको मादी गाउँपालिका वार्ड नम्बर ७ थाक गाउँ स्थाइ घर भई हाल पोखरा महानगरपालिका वार्ड नः १३ मा बसोबास गर्दैआईरहेका मनिषा गुरुङलाई तमु समाज मलेसियाका महिला समिती सदस्य आशा गुरुङ र मलेसियामै कार्यरत मानबी थापा मगर,सुनिता सुनुवारले नेपाली रकम रु .१६,९२० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बचाउ अभियान समितीका कोषाध्यक्ष रोबिन गुरुङले जानकारी गराउनु भयो ।
साथै गुरुङले देश तथा बिदेशमा रहनु भएका नेपाली सहयोगीदाताहरुमा सहयोगको याचना गर्नु भएको छ ।
सो आर्थिक सहयोग रकम तमु समाज मलेसियाका वरिष्ठ-उपाध्यक्ष हर्क बहादुर गुरुङ मार्फत बचाउ अभियान समितीलाई पठाईएको हो ।
दुबै मृगौला फेल भएका मनिषाको हप्तामा दुई पटक डाईलासिस हुने गरेको छ। यता उपचार गरिरहेका डाक्टरले भने अनुसार यथाशीघ्र मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ्न,नत्र बिरामीको ज्यान सक्ने बताए ।
यस अघि पनि तमु समाज मलेसियाले मनिषालाई नेपाली रुपैयाँ रु. ३९,२५४ आर्थिक सहयोग प्रदान गरिसकेका छ्न ।