आरएन चौधरी थारु ,,
कैलाली := गायक जनक चौधरी र नयाँ गायिका संजिता चौधरीको स्वरमा सजिएको थारु गित ‘उज्जर गोनिया कालपेटी कानम झिल्मिलिया’ को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।
यस् म्युजिक भिडियोमा ३ जना चर्चित मोडलहरुको भूमिका रहेको छ । जसमा गायक तथा मोडल विश्वसागर परियार, चर्चित सुपर मोडल विवश चौधरी र सुनिता दहितको मनमोहक अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोको छायाँङ्कन बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ छमनिया गाउँमा गरिएको थियो । यो भिडियोलाइ थारु समुदायको महान पर्व माघे सक्रान्ति (माघ) लाई लक्षित गरेर निर्माण गरिएको मोडल बिश्वसागर परियारले बताउनु भयो।
गितमा शब्द संगित परियारकै रहेको छ,साथै गितभित्र र्याप समेत परियार आँफैले दिनुभएको छ ।गीतको छायाङकन सतिश सिंन्हाले गरेका हुन भने श्रिङ्गार,मेकअपमा संजिता चौधरी रहनुभएको छ ।यसपछि पुनः चाडैं सार्वजनिक हुने नयाँ नयाँ म्युजिक भिडियोहरुमा चर्चित मोडलद्धय विवश चौधरी र सुनिता दहितको अभिनय देख्न सकिनेछ्न।
।।
Home
News
Photos
Videos
बिश्वसागर,विवश,सुनिताको अभिनय रहेको थारु म्युजिक भिडियो ‘उज्जर गोनिया’युट्युबमा सार्वजनिक।




