आमरण अनशन बस्ने बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै थरुहट थारूले शान्ति, सद्भाव र अधिकार प्राप्तिको लागि आमरण अनशनमा बस्ने बताएका छन् । ‘फागुन २ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनसमेत गर्ने कार्यक्रमको तयारी मोर्चाले गरिरहेको छ।’ यस् भन्दा पहिला माघ ८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको मोर्चाले आफ्नो पहिलो माग अन्तर्गत सांसद रेशम चौधरी लगायतको रिहाइ माग राखेको छ ।
यस्तै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नको लागि पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिका प्रतिवेदनहरू सार्वजनिक गर्न माग गरिएको छ ।
यस्तै लिम्बुवान,खम्बुवान,ताम्सालिङ लगायतको समर्थन पाएका मोर्चालाई खसान राष्ट्रिय संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष एंव सुदूरपश्चिम संयोजक रघुवीर ठगुन्नाले राज्य पुनःसंरचनाको क्रममा खसहरूलाई अन्यायमा पारेको भन्दै थरुहट थारुवानको आन्दोलनमा समर्थन रहेको बताए ।