कुवेतमा ढिस्कोमा पुरिएर स्याम नारायण चौधरी,गंगाराम चौधरीको मृत्यु।

Friday, 14 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कुवेत :=कुवेतको एक निर्माणस्थलमा पुरिएर बिहिवार ४ नेपालीको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।

कुवेतको अल–मुत्ला क्षेत्रको निर्माणस्थलमा बुधबार खसेको बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर ४ नेपालीको ज्यान गएको अरब टाइम्सले जनाएको छ । तर, घटनामा ज्यान गुमाउने नेपालीमा दाङ निवासी स्याम नारायण चौधरी , सिरहा निवासी गंगाराम चौधरी सहित थप पाल्पा र ताप्लेजुंका १/१ जना नेपालि रहेको नेपालि राजदुतावास कुबेतले जनाएको ।

ढिस्कोमा पुरिएर घाइते ३ काे उपचार भइरहेकाे छ । समाचार अनुसार, घाइतेको पहिचान हुन बाँकी छ ।ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् ।प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो । घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu