झुम्का:= रामधुनी नगरलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्नूपर्ने सम्भाब्यता छदैछन् भने पर्यटन भित्रयाउन यस नगरभित्र सिमसार बिकास गर्न सक्ने क्षेत्रहरु पनि छन् । रामधुनी मन्दिरलाई संरक्षण बिकास गर्दै धार्मिक पर्यटन क्षेत्रको रुपमा स्थापना गर्न सकिन्छ भने सिमसार क्षेत्रलाई बिकास गर्न सके थप पर्यटन भित्रयाउन सक्ने सम्भावना छन् रामधुनी नगर क्षेत्र भित्र ।
झुम्का बजारदेखि ८ किलो मिटर उत्तर बहत्तरीबिगहा टोलमा अवस्थित शंकर वेली आन्तरीक र बाह्य पर्यटन भित्रयाउन सक्ने क्षमता रहेको छ । ८ किलोमिटर क्षेत्रमा झुम्का देखि इचोल सम्म सात किलो मिटर भन्दा बढी रोड पिचिङ्गनै भएको छ बाँकी गाउँ क्षेत्रमा ग्राभेल राम्रै संगले बसाएको छ । आउन जान सहजनै रहेको छ । ठुला बस समेत सोझै जान सक्ने अवस्था रहेको छ । रामधुनी वडा नं. ६ को बहत्ततरी बिगहामा सिमसार क्षेत्रले ओगटेको रमणिय ठाउँको रुपमा परिचय बनाउदै गएको छ । शान्त वातावरणमा रहेकोले पर्यटकहरु घुम्न आउनेको संख्या बढदै गएको छ । यस बर्षको पुष र माघमा बनभोज कार्यक्रम गर्नेहरुको भिडनै लागेको बताउछन् शंकर वेली पर्यटक प्रवद्र्धनका संयोजक रोशन राईले । बिस्तारै पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्दै लगेको संयोजक राईले जानकारी दिएका छन् । २२ हेक्टरमा रहेको शंकर वेलीमा सिमसार तथा तालहरुको निर्माण गर्ने क्रममा रहेको छ ।
एक बर्ष अगाडी पर्यटक संरचनाहरुको अभाव थिए भने यस बर्ष बिकास र निर्माण गरिसकेका छन् । पर्यटक बासस्थानकालागी दुई वटा गोल घर रहेका छन् । बिश्राम कटेज ४ वटा रहेको छ । त्याहा फिसिङ्ग गर्न सक्ने, बोटिङ्गगरी रमाउन सकिने अवस्थालाई ब्यवस्थापन गरेका छन् । ठाउँ–ठाउँमा बस्न सक्ने चौतारा, अग्लो स्थानबाट अवलोकनकालागी माटोले ढिस्काहरुको निर्माण गरेका छन् । हरिण मृगहरुको पालन गरेको छ । लोपहुन लागेका मृग हेर्न सकिन्छन् । त्याहा बनभोज खानकालागी निशुल्क पानी, बिजुलीको ब्यवस्थापन रहेको आयोजक कर्ताले जानकारी दिएका छन् । संघ संस्थाले यहा कार्यक्रम लिएर समेत आउने गरेको छ । शान्तवातावरण रहेकोले यहा कार्यक्रमगरी बिभिन्न छलफल तथा योजनाहरु समेत बनाउने गरेका छन् । माघ १९ गते आईतवार रामधुनीका एक संगठनले साधारण सभा गरेको बताए ।
पर्यटक क्षेत्रको ठुलै सम्भावना बोकेको शंकर वेलीमा माथि उल्लेखीत बिकासहरु स्थानियहरुको निजि लगानिमा संरचनाहरु निर्माण गरिएको छ । दाताहरुको सहयोगमा स्थापना गरेको छ । कसैको स्मृतिमा बनाएको छ । सो बहत्तर बिगहाका बिदेशमा रहेका स्थानियहरुले संकलन गरी पठाएको रकमबाट केही बिश्राम स्थलहरु निर्माण गरेका छन् । निजि र दाता तथा स्मृतिमा निर्माण गरिएको संरचनाले पर्यटकहरुलाई लोभ्याउन सकेको छ । सार्वजानिक ठाउँमा ब्यक्तिगत सहयो भईरहदा सरकारकै फाईदाकालागी रहेको स्थानमा सरकारको योजनामा भने पर्न सकेको छैनन् । सरकारले सन् २०२० को पर्यटन प्रवद्र्धन गरिरहदा तिनैतहको सरकार बेखबर जस्तै बनेको छ । बिशेष स्थानिय सरकारको चासो र ध्यान केन्द्रित हुनु पथ्र्यो तर बुझेर जाने पनि बुझ पचाए जस्तै गरिरहेको सिमसार बिकास कर्ताहरुको भनाईरहेको छ ।
स्थानियहरुका अनुसार सरकारले पुर्वाधार बिकासमा रकम खर्च गर्छन् तर अम्दानि आउने क्षेत्रमा लगानि गर्न नचाहेको बताए । बिकासकालागी राष्ट्रिय स्तरकै योजना भए पर्यटन क्षेत्रको बिकास पुर्णता पाउने आश गरेको शंकर वेली अध्यक्ष सन्तोष सुब्बाको भनाई रहेको छ । सुरक्षाका हिसाबले २२ हेक्टरमा फैलिएको क्षेत्रलाई घेराबेरा गर्नु पर्ने अवश्यक्ता रहेको छ । आयोजकका अनुसार थप संरचनाकालागी स्विमिङ्ग पुल निर्माण गरिने बताए । चराहरुको वासकालागी शिजन अनुसारका फलफुलका बिरुवा तथा रुखहरु लगाउने योजनामा रहेको छ । बिकासको गति लिन सके दिर्घकालिन आम्दानी लिन सकिने अवस्था छन् । यसकालागी तिनैतहको सरकारले समन्बयगरी बिकासलाई अगाडी बढाउन सक्ने भए दिर्घकालिन आम्दानि लिन सकिन्छ की ध्यान केन्द्रित होस ।