उद्यमी बन्नु पर्ने सचेतना सहित रामधुनी १ नं. वडाका महिलाहरुलाई सिप बिकास तालिम।

Tuesday, 18 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:= रामधुनी वडा नं. १ का महिलाहरु उद्यमी भई आत्मनिर्भर बन्न सक्ने सचेना सहित सिप बिकास सम्बन्धि तालिम सम्पन्न गरेको छ । वडा कार्यालयको सहयोग वडामहिला समितिको आयोजनामा उद्यमी बन्न सक्ने उपायहरुको बारेमा बताउदै बुटिक भरिएको सुर्केथैली बनाउने एक हप्ते सिप तालिम दिएको हो ।

तालिमले आकर्षक रुपमा बुटा भरिएको सुर्केथैलि बनाउन सक्ने भएका छन् । बुटा भर्ने सिपले अन्य श्रृगारका सामानमा पनि लगाउन सकिने क्षमता बिकास भएको सहभागीहरुले धारणा ब्यक्त गरेका छन् । सिप र ज्ञानले ब्यवसाय गर्न सकिने र ब्यवसायबाट आम्दानि गर्न सक्ने बारेमा जानकारी पाएको तालिममा सहभागी नितु चौधरीले जानकारी दिईन् । 
ब्यवसायकालागी बैधानिक प्रकृया, सञ्चालन गर्ने तरिका लगायतका सिप अनुसारले गर्न सक्ने ब्यवसायको बजार अवस्था बुझ्ने उपायहरुको बारेमा जानकार हुन पाएको बताईन् । तालिमले आयआर्जन गर्न चासो र हौसला प्रदान गरेको सिलाई कटाई ब्यवसाय गर्दै आएकी चन्द्रकला चौधरीले बताईन् । बुटिक भर्न सकिने सिपले सुर्के थैली सहित अन्य श्रृगारको सामान तथा साडी, चोलोहरुमा भर्न सकिने जानकारी दिईन् ।
आयमुलक ब्यपार ब्यवसायकालागी वडाकार्यालयले आगामी दिनहरुमा अझै योजना ल्याउने वडाअध्यक्ष महेश चौधरीले बताए । तालिम समापनमा सहभागीहरुलाई प्रमाण पत्र बितरण गर्दै सिप र ज्ञानलाई ब्यवहारमा ल्याउनु पर्ने अध्यक्ष चौधरीले सुझाव ब्यक्त गरेका हुन् । बुटिक भरिएको सुर्केथैली सिपले उत्पादन भएका सामानहरुको बजार ब्यवस्थापनकालागी पहल भईसकेकोले सुर्केथैली उत्पादनमा लाग्नु पर्ने आयोजक वडा महिला समितिकी सभापति आशा चौधरीले बताईन् । तालिम समापनमा वडा सदस्य उमा थरुनी, पार्वति सरदार, महिला सभाकी रेखा चौधरी, झुम्का स्वस्थय चौकी इन्चार्ज लगायतका अतिथीहरुले तालिमको महत्व बारेमा धारणा ब्यक्त गरेका थिए । तालिममा वडाका ४० जना महिलाहरु सहभागी थिए । सात दिन डम्बर कुमारी श्रेष्ठ र सम्झना श्रेष्ठले सहजिकरण गरेको आयोजकले बताए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu