झुम्का:=रामधुनी नगरपालिकाले महिला भलिबल प्रतियोगीता सम्पन्न गरेको छ । नगर उपप्रमुख सबिना चौधरीको संयोजकत्व रहेको रामधुनी खेलकुद बिकास समितिको आयोजनामा महिलाहरुमा खेलकुद बिकास हुनु पर्ने जोड दिदै वडास्तरीय महिला भलिवल सञ्चालनगरी प्रोत्साहन गर्ने प्रयास गरेको हो ।
वडा स्तरीय भलिबल प्रतियोगीतामा बिध्यार्थि किशोरीहरु लगायतका महिलाहरुले सहभागी जनाए । आफनो क्षमता अनुसार उनीहरु प्रस्तुत भए । भलिबल खेल खेलिरहदा नियमका कुरा लगायत पोजिसन र ध्यान दिनु पर्ने कुराहरुमा कमजोर देखिए पनि प्रयास गर्नेमा धेरै उत्साहपुर्व देखियो । भलिबलमा सर्भिस गर्ने देखि लिएर सर्भिस आएको बल लिने क्रम र तिन टच लिने अवस्थामा कमि कजोरी रहे पनि फाईनल खेलमा भने भलिबलको मर्म अनुसार निभाएको देखियो । फाईनलमा पुग्ने समुहको पहिलो खेलहरुमा भने त्यसतो देखिएनन् तर खेल्दै जादा अनुभवले फाईनलखेल प्रतियोगीता जस्तै भयो । वडा नं. १ र वडा नं. ९ ले प्रतिष्पर्धात्मक रुपमा फाइनल खेल खेले । दुवै वडाको समुहमा खेलाडीहरुले खेललाई उत्कृष्ट बनाउन भरपुर प्रयास गरेका थिए । फाइनल खेल खेरिहदा गरेका प्रयासहरुमा दर्शक हौसिएका थिए । हाम्रो नगरमा महिलाहरुको पनि खेलकुद तर्फ चासो छन् भनेर हौसिदै खेलाडीहरुलाई हौसला बढाउने समेत गरेका थिए । खेलमैदानमा दुवै वडाका वडाअध्यक्षले आफना पक्षका खेलाडीलाई प्रशिक्षण समेत गरेका थिए ।
फाईनलमा वडा नं. १ र वडा नं. ९ पुग्न सफल रह्यो । ९ नम्बरवडाले खेलको उपाधिहात पार्दै नगद राशि रु २१,०००। सहित शिल्ड प्रमाण पत्र, ट्रफीले सम्मान भयो । यसका साथै वडा नं. ९ का अनुष्का चौधरी उत्कृष्ट खेलाडीको रुपमा घोषित भईन् । सो वडाकै वेष्ट लिफटर रबिना चौधरी र वेष्ट स्पाईकर रजिना चौधरी हुन सफल भए । वडा नं. १ ले प्रतियोगितामा प्रयास गर्दै उपबिजेता हुदै नगद राशि १३,०००। सहित शिल्ड प्रमाण पत्र, ट्रफीले सम्मान भयो भने वेष्ट डिफेन्स वेलिसा वास्तोला भईन् । ६ जनाको समुहमा खेल्ने खेल भलिबल फाईनल खेलमा वेष्ट अफ फाईभमा खेलेको थियो । फाईनल बाहेक वेष्ट अफ थ्रि मा खेल खेलाएकाृ थियो । महिला खेलकुद उजागर गर्न चासो र ध्यान दिदै नगरपालिकाले खेलको आयोजना गरेका हुन् । उत्साह र हौसलाकालागी बिभिन्न बिधामा पुरस्कृत गरियो ।
सम्पन्न भलिबल प्रतियोगीताले रामधुनीमा महिला खेलकुद बिकासमा कतिको उजागर गर्न सक्यो सकेन तर अभियान र सुरुवात भने ल्याएको देखिन्छन् । यस भन्दा पहिले बिशेष महिलाहरुको लागी खेलकुदमा योजना ल्याएको भने थिएनन् । खेल सम्बन्धि बिषयमा आयोजना गर्दा छुटाछुट्टै महिला र पुरुष दुवैको सञ्चालन गरिन्थयो । त्यसमा समग्रमा पुरुष तर्फको मुल्याङन गरिन्थ्यो तर यस पटकको महिलाहरुको मात्रैको खेल प्रतियोगिता आयोजनाले पनि महिलाहरु खेलकुदमा अगाडी बढ्न सक्छन् भनेर सबैलाई चासो गरायो । यस चासोले गर्दा महिला खेलकुदमा भएको कमिकम्जोरी हेर्दै अभ्यासकालागी स्थानिय तहबाट योजनाको खाँचो समेत आवश्यकता महशुस भएको हुनु पर्छ । बिकासमा महिलाहरुको सहभागीता हुन सके नगरपालिका शुसानमा एकपाईला अगाडी बढ्न खोजेको औल्याएको हुनु पर्छ । यदि यस अवस्थाको आवश्यक्ता महशुस गरिएको छ भने महिला खेलकुद बिकासमा नगर तथा वडाको आगामी बजेटमा उत्साह पाउन सकिन्छ भन्ने आश गरौँ । यसैगरी यसै आवश्यक्ताको मध्यनजरमा राख्दै नगर प्रमुख जयप्रकाश चौधरी, उपप्रमुख सबिना चौधरी, वडाअध्यक्षहरुले फाईनल खेल समापनमा महिला भलिबल नगर स्तरीय समुह निर्माण भएको बताउनु भयो । यसबाट योजनामा केही उधेश्य रहेको छ भन्ने बुझिन्छन् । जिल्ला बाहिर तथा प्रदेश, केन्द्रिय स्तरको खेलमा सहभागी गराउने उधेश्य बाधिएको हुनसक्छन् । सो उधेश्यले रामधुनी नगरको पहिचान र महिला खेलकुदकालागी बिकासमा टेवा पुग्दै जाने निश्चित छ । तर निश्चित कहानेर साबित हुदै जान्छन् भनेर निरन्तरताको खाँचोमा । क्षणिक कार्यक्रमहरुको आयोजना मात्र गरियो भने खर्च हुने तर उपलब्धि नहुने सबैमा अबगतनै छन् सो को बानि लाग्ने हुन्छन् । निरन्तरताको कमि कम्जोरीहरु नगरपालिकाबाट देखिन्छन् । यस कमि कमजोरीलाई नगरपालिकाले सामाधान गर्नु पर्छ भन्ने महिला भलिबल प्रतियोगीताका खेलप्रेमी दर्शकहरुले सुझाव दिएका छन् ।
यस प्रतियोगीताले सहभागीनै नगराउने वडालाई दवाब सिर्जना भएको छ । किन भने सो वडाका महिलाहरुको खेलकुदको हकमा कुण्ठित गरिएको जस्तो भएको छ । वडा नं. २ र ८ सहभागीता जनाएनन् । खेलाडी पुर्याउने बाध्यताले पनि सहभागी नहुन सक्छन् । केही वडाले सहभागीकालागी मात्र पनि टिम तयार गरे । यसले भलिबल प्रतियोगितामा रौनकता थपियो । किन भने खेल टाईसिटअनुसार खेल खेल्दै महिला भलिबलको अवस्थाबारेमा बुझन् सकियो । सो अवस्था र मुल्याङ्कनले नगर स्तरीय भलिबलमा सहयोग पुग्ने देखिन्छन् । प्रतियोगीतामा समग्र खेलको मुल्याङ्कनै गर्नु पर्दा अभ्यास बढाउन सके महिला भलिबल रामधुनीमा फस्टाउन सक्नेछन् । अभ्यास र तयारीकालागी नगरपालिका र वडा कार्यालयले दिर्घकालिन योजना सहित उचित बजेट ल्याउन सक्नु पर्छ ।