थरुहट थारुवान मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउदै ।

Wednesday, 19 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

धनगढी:= थरुहट–थारुवान राष्ट्रिय मोर्चाद्वारा थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकार आफ्ना मागहरुप्रति गम्भीर नभएको भन्दै मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मोर्चाले थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।


जस अन्तरगत फागुन ७ गते धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने, ८ गते दिउँसो १२ बजे देशव्यापी प्रर्दशन गर्ने, ९ र १० गते बडघर, भलमन्सा, किसान, शिक्षक, व्यापारी, लगायतसँग देशव्यापी रुपमा छलफल गर्ने, ११ गते थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज, थारु संघ संस्थासँग मोर्चाबन्दीका लागि छलफल सम्बाद गर्ने, १२ गते थरुहट तराई क्षेत्रमा लाठी जुलुस गर्ने कार्यक्रम गहेका छन ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रवक्ता मिनराज चौधरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको धनगढी कैलालीमा बसेको बैठकले मोर्चाको आह्वानमा भैरहेको समग्र आन्दोलनको समीक्षा गर्दै, यसलाई अझै चरम उत्कर्षमा पु¥यानका लागि थप कार्यक्रम सार्वजनिक गरिएको उल्लेख छ ।


नेता रेसम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइको माग गर्दै लक्ष्मण थारु फागुन १ गते देखि धनगढीमा आमरण अनसनमा छन् । रेसम चौधरीसहित ११ जना जेल बन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा आन्दोलनमा छ ।

आन्दोलनमा आदिवासी जनजाति महासङ्घ, मिसन अम्बेडकर नेपाल, खसान सङ्घर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत सङ्घ संस्थाले ऐक्यबद्धता जनाएका छन् । टीकापुर घटनामा पक्राउ परेकामध्ये छुटेका लक्ष्मण चौधरीसहितका १५ जनाले फेरी थारुको आन्दोलनको नेतृत्व लिएका छन् । जेलबाट छुटे लगत्तै, थारुहरूको भेला, अन्तरक्रिया सक्रिय भएका लक्ष्मण थारुले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेर आन्दोलनको सुरुवात गरेका हुन् । आन्दोलन अन्तर्गत धनगढीको क्याम्पस चोकमा दिनहुँ प्रदर्शन भइरहेको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu