कैलाली := कैलालीको लम्कीचुहामा गाडीको ठक्करबाट शनिबार मायाराम चौधरी नामक युवकको मृत्यु हुदा पूर्वपश्चिम राजमार्ग अवरोध गरिएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएकोले स्थानीयबासीले नाराजुलुस गर्दै राजमार्गमा अवरोध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले मोटरसाईकल आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको बताएका छन् तर स्थानीयले छुट्टै गाडीले ठक्कर दिदा चौधरीको मृत्यु भएको दावी गरि हिजैदेखी सडकमा नारा जुलुस गर्दै , र्याली निकालीरहेको छ।
पुर्बपश्चिम राजमार्गको गुलरा सडक खण्डमा एउटा गाडीले चौधरी सवार मोटरसाईकललाई ठक्कर दिएको दावी स्थानीयले गरिरहेको छ।
सडकमा टायर बाली मृतकको परिवार लाई क्षतिपुर्ती दिनुपर्ने,गाडी चालकको पहिचान गरि कारबाही हुनुपर्ने मागगर्दै स्थानीयबासी आन्दोलित रहेको छ। आन्दोलनकारीमाथी प्रहरीले अश्रुग्यास प्रहार गर्नुको साथै लठ्ठिचार्ज गरेर भिडलाई नियन्त्रणमा लिन खोजिरहेको स्थानीयले जानकारी गराए ।
आन्दोलनकारीले प्रहरी माथी गरेको ढुङ्गामुढाले ९,१० जना प्रहरी घाइते समेत भएको जानकारी प्राप्त भएकोछ।
राजमार्ग अवरुद्ध हुँदा हिजैदेखी पूर्बबाट पश्चिम र पश्चिमबाट पूर्ब तर्फ जाने दर्जनौ सवारी साधन विच बाटोमै अलपत्र परेका छन । तर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बैकल्पिक मार्ग भएर सवारी सञ्चालन भईरहेको सञ्चारकर्मीलाई जानकारी गराए ।