मलेसियामा मगर समुदायले माघी पर्व भब्य मनायो।

Monday, 10 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
जोहोर (मलेसिया):= नेपाल् मगरसंघ मलेसिया क्षेत्रीय समिती जोहोर र इकाई समिति देशाचेम्बरल्याङ्को संयुक्त आयोजनामा मगर समुदायको राष्ट्रिय पर्व माघी,माघे (मकर) सङ्क्रान्ती बिबिध कार्यक्रम गरि धूमधामका साथ मनाएका छ्न।

फेब्रुअरी ९ तारिख आईतवारको दिन जोहोरबारु स्थित बागुस सिटि होटलको प्राङ्गणमा आयोजना गरिएको सो माघी कार्यक्रममा नेपालका प्रथम सहिद लखन थापा मगरको मुर्ति , बुद्धको मुर्ति तथा मगर संघ स्थापना गर्ने प्रथम महान ब्यक्तित्व होम बहादुर  खपाङी मगरको मुर्तिमा प्रमुख अतिथि मगर संघ मलेसियाको केन्द्रिय अध्यक्ष पुस्मिता ठाडा मगर , सभापति एसबी मगर लगायतकोले स-सम्मान दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
सुनिल थापा मगरले सञ्चालन गरेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा मगर संघ मलेसियाको केन्द्रिय महासचिव राम प्रसाद पुन मगर,
अतिथिहरुमा विभिन्न संघसंस्थाको प्रतिनिधिहरु हेम पुन मगर, सैलेस सौगात , रेस्मा राई , ससिकला राई, प्रकाश वाइवा तामाङ , तेज कुमार बुढा मगर लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थितहरुले माघीको अवसरमा शुभकामना मनतब्य व्यक्त गरेका थिए भने मगर जातीको प्रमुख नाच कौडा,सालैजो,हुर्रा,सोरथी यहाँका स्थानीय कलाकारहरुले प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो।
साथै उक्त कार्यक्रममा उपस्थित सम्पुर्णलाई खानाको परिकारमा सखर खण्ड,सेलरोटी,तरुल,अचार लगायतको परिकार पस्किएको थियो। 
सोही कार्यक्रमको अवसरमा नयाँ सदस्यहरुलाई खादा ओढाएर नेपाल मगर संघ क्षेत्रीय समितिमा स-सम्मान सहित आबद्ध समेत गराईएको थियो भने साँस्कृतिक प्रस्तुती देखाउने कलाकारहरुलाई खादा,दोसल्ला ओढाई सम्मानपत्रले सम्मानित समेत गरिएको थियो।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu