विवेकशिल थारु युवा समूहले आयोजना गरीएको थारु सिंगिङ्ग स्टारको अडिसन धमाधम हुँदै।

Tuesday, 11 February 20200 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

संजय चौधरी/कोचिला एफएम ,,

सुनसरी := सुनसरीको दुहवीमा विवेकशिल थारु युवा समूहले आयोजना गरीएको थारु सिंगिङ्ग स्टारको थारु कल्याणकारी भवनमा धमाधम अडिसन भईरहेको छ । प्रदेश नं.१ स्तरीय गायन प्रतिभाशालि भएकाहरुले प्रतियोगितामा भाग लिई अडिसन दिईरहेको छ । दुहबीमा गरीएको चौथो अडिसनमा जम्मा २७ जनाले नाम दर्ता गराईएकोमा २१ जना प्रतिभाशालि छनोट भएको छ ।


नव गायन र आर्थिक अवस्था कमजोर भएका प्रतिभाशालिहरुलाई मध्य नजर गरी सिंगिङ्ग श्रेत्रमा प्लेटफम बनाउनुकोे साथै आफनो क्षमतालाई प्रस्तुत गरी थारु समुदायलाई उजागर गर्नको निम्ती थारु सिंगिङ्ग स्टारको आयोजना गरीएको कार्यक्रम सँयोजक राजेश भगतले जानकारी दिएका छन् । आफुहरुले फारम शुल्क जम्मा रु ५०० मात्र लिई छनोट भएका प्रतिभाशालिहरुलाई एक हप्ताको निःशुल्क सिंगिङ्ग तालिम दिईने र टाढाबाट छनोट भएका प्रतिभाशालिहरुलाई खान बस्न निःशुल्क समेत व्यवस्था गरीएको कार्यक्रमको सँयोजकभगतले जानकारी दिएका छन् । विजेता थारु सिंगिङ्ग स्टारले नगद पुरस्कार पाउनुको साथै थारु फिल्म तथा नेपालि फिल्मा गायन गर्न पाउने व्यास्था रहेको आयोजकले जानकारी दिईएका छन्।


त्यसैगरी गाईघाट अडिसनमा १४ जना छनोट भएको छ भने झुम्कामा १८ जना, नेताचौकमा १३ जना छनोट भएको आयोजकले जानकारी दिएका छन् । थारु सिंगिङ्ग स्टारका निर्णायकहरुमा थारु गायनको चर्चित गायक राजेन्द्र खाँ, गिता विश्वास ,प्रवालदिप विश्वास, जिवन चौधरी र मम्मता चौधरी रहेको आयोजकले जानकारी दिईएका छन् ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu