आज फेब्रुअरी १४ तारिख बिश्व प्रणय दिवस वा प्रेम दिवस विविध रुपले मनाईदैछ्न। (अङ्ग्रेजी: Valentine's Day) १४ फेब्रुअरी मा प्रेम दिवस विश्वभर मनाइने दिवस हो ।
विकिपिडियाका अनुसार यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए ।
तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे। उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।
प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन-डे मनाउन थालिएको हो । विश्वभरि नै आज यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
एक अर्कालाई मन पराउने केटाले केटिलाई र केटिले केटालाई प्रेम प्रस्ताव राखी,केहि उपहार दिएर अथवा गुलाफको फुल दिएर प्रपोज गरेर जीवन संगीनि समेत चुन्ने गर्दछ्न ।